मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ ।
थेरै मतदाता, कसिलो प्रतिस्पर्धा हुने मुस्ताङमा नेपाली कांग्रेसबाट निवर्तमान प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीबिच मुख्य प्रतिस्पर्धा रहेको छ । जिल्लामा विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको अनुमान गरिए पनि यस पटक नेकपाले विगतको चुनावको समेत अनुभव भएका नेतालाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभरको माहोललाई हेरेर युवालाई उम्मेदवार बनाएपछि मुस्ताङका उम्मेदवार मतदाता आफ्नो पक्षमा पार्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा ९एमाले० आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेको अवस्थामा नेकपा र रास्वपाले यस पटक मुस्ताङबाट खाता खोल्ने योजना बनाएका छन् ।
विगतमा पुराना दलले आफ्नो एकलौटी मत ल्याउने क्षेत्रहरू यस पटक नयाँ मतदाता र मतदातामा देखिएको असन्तुष्टिको असर पर्ने जोखिम छ । यस पटक तिनै ठुला दल एकल प्रतिस्पर्धामा रहेको अवस्था देखिन्छ । नेपाली कांग्रेसले अघिल्लो पटक फराकिलो मतान्तरसहित विजय भएको अवस्थामा संसद् विघटनअगाडिसम्म गरेका विभिन्न विकास निर्माणसहित कोरला नाकालाई व्यावसायिक सञ्चालन, भौतिक पूर्वाधारका कारण यस पटक बाँकी काम पूरा गर्न मतदाताले रोज्ने विश्वास गौचनको छ ।
नेकपा (एमाले) बाट उम्मेदवार इन्द्रधारा डाढु विष्टले यस पटक उपल्लो मुस्ताङबाट एकल प्रतिनिधित्व हुने गरी चुनावी मैदानमा रहेकाले तल्लो र माथिल्लो क्षेत्र जोड्ने पुलको भूमिका खेल्न मतदातामाझ आएको बताए । २०७४ सालको गण्डकी प्रदेश सभामा मुस्ताङ (क) बाट विजय भएर प्रदेश सभा सदस्यको अनुभवसँगै विभिन्न क्षेत्रमा सक्रिय भएकाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको योग्य उम्मेदवार भएको विष्टको दाबी छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुस्ताङमा ‘टाइगर’ नामले चिनिने गुरुङले यस पटक नेकपाले देशभर पहिलो खाता मुस्ताङबाट खोल्ने दाबी गरे। रास्वपाका उम्मेदवार गौचनले तीन ठुला दलका गतिविधिकै कारण संसद् विघटन भएर चुनाव गर्नुपर्ने बाध्यता भएको बताउँदै यस पटक रास्वपालाई बहुमतको सरकार बनाउन मुस्ताङले योगदान गर्ने बताए
मुस्ताङमा आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा। सुरेन्द्र शेरचन उम्मेदवार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ११:३७
बर्दिबास । पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक ...
माघ १६ गते, २०८२ - ११:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। फाग...
माघ १६ गते, २०८२ - ११:१४
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी म...
माघ १६ गते, २०८२ - ११:०४
डोल्पा । काठमाडौंबाट डोल्पातर्फ आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको बाग्लुङ...
माघ १६ गते, २०८२ - १०:४९
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी ...
माघ १६ गते, २०८२ - १०:४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा ‘घण्टी’ अ...
माघ १६ गते, २०८२ - १०:१५
मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार ...
माघ १६ गते, २०८२ - ०९:५७
काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा रातिको समयमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई पछ्याएर गहन...
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...




प्रतिकृया लेख्नुहोस्: