Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

मुस्ताङमा थोरै मतदाता, कसिलो प्रतिस्पर्धा

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ । 

थेरै मतदाता, कसिलो प्रतिस्पर्धा हुने मुस्ताङमा नेपाली कांग्रेसबाट निवर्तमान प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीबिच मुख्य प्रतिस्पर्धा रहेको छ । जिल्लामा विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको अनुमान गरिए पनि यस पटक नेकपाले विगतको चुनावको समेत अनुभव भएका नेतालाई उम्मेदवार बनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभरको माहोललाई हेरेर युवालाई उम्मेदवार बनाएपछि मुस्ताङका उम्मेदवार मतदाता आफ्नो पक्षमा पार्न व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा ९एमाले० आफ्नो पक्षमा परिणाम पर्ने दाबी गरेको अवस्थामा नेकपा र रास्वपाले यस पटक मुस्ताङबाट खाता खोल्ने योजना बनाएका छन् । 

विगतमा पुराना दलले आफ्नो एकलौटी मत ल्याउने क्षेत्रहरू यस पटक नयाँ मतदाता र मतदातामा देखिएको असन्तुष्टिको असर पर्ने जोखिम छ । यस पटक तिनै ठुला दल एकल प्रतिस्पर्धामा रहेको अवस्था देखिन्छ । नेपाली कांग्रेसले अघिल्लो पटक फराकिलो मतान्तरसहित विजय भएको अवस्थामा संसद् विघटनअगाडिसम्म गरेका विभिन्न विकास निर्माणसहित कोरला नाकालाई व्यावसायिक सञ्चालन, भौतिक पूर्वाधारका कारण यस पटक बाँकी काम पूरा गर्न मतदाताले रोज्ने विश्वास गौचनको छ । 

नेकपा (एमाले) बाट उम्मेदवार इन्द्रधारा डाढु विष्टले यस पटक उपल्लो मुस्ताङबाट एकल प्रतिनिधित्व हुने गरी चुनावी मैदानमा रहेकाले तल्लो र माथिल्लो क्षेत्र जोड्ने पुलको भूमिका खेल्न मतदातामाझ आएको बताए । २०७४ सालको गण्डकी प्रदेश सभामा मुस्ताङ (क) बाट विजय भएर प्रदेश सभा सदस्यको अनुभवसँगै विभिन्न क्षेत्रमा सक्रिय भएकाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको योग्य उम्मेदवार भएको विष्टको दाबी छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुस्ताङमा ‘टाइगर’ नामले चिनिने गुरुङले यस पटक नेकपाले देशभर पहिलो खाता मुस्ताङबाट खोल्ने दाबी गरे। रास्वपाका उम्मेदवार गौचनले तीन ठुला दलका गतिविधिकै कारण संसद् विघटन भएर चुनाव गर्नुपर्ने बाध्यता भएको बताउँदै यस पटक रास्वपालाई बहुमतको सरकार बनाउन मुस्ताङले योगदान गर्ने बताए 

मुस्ताङमा आमजनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा। सुरेन्द्र शेरचन उम्मेदवार छन्।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा, विपन्नले पाउने नि:शुल्क उपचार सेवा सुरु भइसकेको दाबी

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ चैत १३ गते गरेको शासकीय सुधारका १०० बुँदे निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमको क...

अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले अनुमति बिना सञ्चालन हुन लागेको स्वास्थ्य शिविर तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। काउन्सिलका रजिष्...

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (संयुक्त अरब इमिरेट्स) ले विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमजानको पवित्र...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, के छन् एजेण्डा ?

काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले साँझका लागि बोलाएको बैठक अहिले सिंहदरबारमा स...

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका नेपाली पक्राउ

काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद र जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९नेपाल प्रहरी केन्द्रीय अ...

कार्की आयोगको प्रतिवेदन संसद् सचिवालयमा पुग्यो

काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ। संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता ...

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ। राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणक...

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरु...

कांग्रेसको अध्ययन समितिको ५२ पृष्ठको प्रतिवेदन बुझाइयो, कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेस ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ। पार्टीले सरकारद्वारा ग...

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending