Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

इरानमा पेट्रोल मूल्यवृद्धिकाे चर्काे विरोध, प्रदर्शनकारीलाई हटाउन पानीको फोहरा

इरान । इरानका गृहमन्त्रीले पेट्रोलको मूल्यवृद्धिको विरोध गर्न सडकमा भेला भएका प्रदर्शनकारीहरूलाई सुरक्षा निकायले थप कारबाही गर्ने चेतावनी दिएका छन्।

इरान सरकारले अनपेक्षित रूपमा पेट्रोल बिक्रीवितरणका लागि नयाँ नीति घोषणा गरेपछि देशभरि चर्को विरोध भएको छ।

देशका विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भइरहेका छन्।

सुरक्षाकर्मीहरूसँग भिडन्त हुँदा कम्तीमा एक जनाको मृत्यु र केही प्रदर्शनकारीहरू घाइते भएका छन्।

अहिलेसम्म दिइँदै आएको अनुदान हटाई ५० प्रतिशतजति मूल्य बढाउँदा विपन्न जनतालाई आर्थिक सहयोग गर्न रकम उपलब्ध हुने सरकारी अधिकारीहरूको भनाइ छ।

अमेरिकाले सन् २०१५ मा परमाणु सम्झौताबाट अलग्गिएपछि लगाएको नाकाबन्दीका कारण इरानले चरम आर्थिक सङ्कट खेप्नुपरेको छ।

शुक्रवार मूल्यवृद्धिको घोषणा भएको केही घण्टापछि प्रदर्शनहरू सुरु भएका थिए। केही सहरमा शनिवार पनि विरोध भयो।

सरकारबाट इन्टरनेट प्रयोगमा नियन्त्रण भएको हुन सक्ने विवरणहरू प्राप्त भएको समाचार रोएटर्सले एउटा इन्टरनेट पर्यवेक्षण गर्ने समूहलाई उद्धृत गर्दै प्रकाशित गरेको छ।

राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा शनिवार गृहमन्त्री अब्दोलरेजा रहमानी-फाज्लीले गैरकानुनी गतिविधि भइराखे शान्ति कायम गर्न राज्यका निकायहरूले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।

उनले केही सीमित व्यक्तिले सर्वसाधारणको भावनाको दुरुपयोग गरी डर र आतङ्क सिर्जना गरेको आरोप लगाए।

कहाँ के भयो ?
सिर्जन नगरमा भएको प्रदर्शनका क्रममा शुक्रवार कम्तीमा एक जनाको मृत्यु भएको धिकारीहरूले पुष्टि गरेका छन्।

इरानी समाचारसंस्था इर्नाका अनुसार प्रदर्शनकारीहरूले एउटा इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेर आगो लगाउने प्रयास गर्दा प्रहरीसँग भिडन्त भएको थियो।

शनिवार अरू सहरमा पनि प्रदर्शनहरू भए।

अमेरिका-इरान सम्बन्ध किन तीतो ?
सामाजिक सञ्जालमा प्रेषित भिडिओले शनिवार अरू प्रदर्शनकारीहरूको पनि मृत्यु भएको हुन सक्ने सङ्केत गरेको छ।

सामाजिक सञ्जालमा भिडिओ राख्ने मानिसहरूलाई कानुनी कारबाही गर्ने चेतावनी सरकारी अधिकारीहरूले दिएको अर्धसरकारी समाचारसंस्था इस्नाले जनाएको छ।

गृह मन्त्रालयको आपत्कालीन सुरक्षा केन्द्रले प्रकाशित गरेको एउटा विज्ञप्तिमा केही प्रयोगकर्ताहरूले अफवाह र असत्य जानकारी फैलाएको उल्लेख छ।

राष्ट्रिय सुरक्षालाई भङ्ग गर्ने र सर्वसाधारणलाई प्रभावित पार्ने उद्देश्यले पुराना घटनाहरूको भिडिओ अहिले सामाजिक सञ्जालमा फैलाइएको दाबी सरकारी पक्षको छ।

सडकमा चालकहरूले इन्जिन बन्द गरेर वा सवारीसाधनहरू त्यत्तिकै छोडेर विरोध गरेको विवरणहरू प्राप्त भएका छन्।

इन्टरनेटमा प्रकाशित भिडिओमा चालकहरूले राजधानी तेहरानस्थित राजमार्गमा सवारीसाधन रोकेर नाराबाजी गर्दै प्रहरीहरूलाई आफूलाई समर्थन गर्न आग्रह गरेको देखिन्छ।

एउटा भिडिओमा हिउँ परेको तेहरान-काराज मार्गमा प्रदर्शनकारीहरूले अवरोध गरेको देखिन्छ।

केही भिडिओमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको र केही स्थानमा ब्याङ्कमा आगो लगाइएको दृश्य देखिन्छ।

दक्षिणी इरानको शिराज सहरमा एउटा प्रहरी चौकीमा आगो लागे जस्तो देखिने भिडिओ पनि सामाजिक सञ्जालमा आएको छ।

इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीले इस्लामिक पद्धति को विरोध गर्ने र विदेशबाट परिचालित व्यक्तिले अशान्ति मच्चाएको आरोप लगाउँदै उनीहरूबाट टाढा बस्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

नयाँ नीतिमा के छ ?
नयाँ नीतिअनुसार एउटा सवारीसाधनका लागि एक महिनामा प्रतिलिटर १५,००० रियाल ९झन्डै ५१।६१ रुपैयाँ० तिरेर केवल ६० लिटर पेट्रोल किन्न पाइनेछ। त्यो परिमाणभन्दा बढी पेट्रोल किन्दा प्रतिलिटिर ३०,०००० रियाल तिर्नुपर्नेछ।

पहिला चालकहरूलाई प्रतिलिटर १०,००० रियाल मूल्यमा २५० लिटर पेट्रोल किन्न दिइने गरेको समाचारसंस्था एपीले जनाएको छ।

अनुदान हटाएर गरिएको मूल्यवृद्धिबाट सङ्कलित राजस्व निम्न आय भएका परिवारलाई उपलब्ध गराइने सरकारले जनाएको छ।

इरान सरकारको योजना तथा बजेट हेर्ने निकायका प्रमुखले यो महिना एक करोड ८० लाख परिवारलाई थप आर्थिक राहत उपलब्ध गराइने योजना भएको बताएका छन्।

नयाँ नीतिबाट प्रतिवर्ष ३,००० खर्ब रियाल सङ्कलन गरिने उनले राज्यद्वारा सञ्चालित टेलिभिजनलाई बताए।

राष्ट्रपति हसन रूहानीले शनिवार ७५ प्रतिशत इरानीहरू अहिले दबावमा परेका छन् भन्दै पेट्रोलको मूल्यवृद्धिबाट सङ्कलित थप राजस्व राज्यकोषमा नभएर ती जनतामा जाने बताएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending