एजेन्सी । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीस्सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्।
सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको छ।
अहिलेलाई उक्त सञ्जालमा सहभागी हुन चाहनेहरूलाई प्रतीक्षाको सूचीमा राखेर अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ।
डब्ल्यूटीस्सोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरूले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ।
यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेअर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ।
हाललाई यसको प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन्।
हामी तपाईँहरूले कस्तो सामग्री हेर्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँलाई नै दिनेछौँ र गलत शीर्षक सच्याउने वा खराब पोस्टबारे सचेत गराउने अधिकार दिनेछौँ, डब्ल्यूटीस्सोशलको परिचयमा लेखिएको छ।
उसले खराब प्रयोगकर्तालाई स्थान नदिने जनाएको छ।
फाईन्यान्शल टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा वेल्सले ठूला सामाजिक सञ्जालहरूले रोजेको विज्ञापनमा आधारित व्यापारिक मोडल नै समस्याग्रस्त भएको बताएका थिए।
यसले गर्दा निम्न स्तरका सामग्रीहरू विजेता बनेका छन्, उनले भनेका थिए।
वेल्सले सन् २०१७ मा मिथ्या समाचारलाई चुनौती दिन क्राउडसोर्सिङले चल्नेगरी विकिट्रिब्यून नामक समाचार साइट स्थापना गरेका थिए।
तर सन् गत वर्ष अक्टोबरमा व्यावसायिक पत्रकारहरूको समूह त्यसबाट अलग्गिएको थियो।
दुवैमा वेल्स संलग्न भए पनि डब्ल्यूटीस्सोशल र विकिपीडिया भिन्न संस्था हुन्।
सामाजिक सञ्जालको विषयका परामर्शदाता जोइ केअर्न्जले नयाँ सामाजिक सञ्जालले स्थापित संस्थाहरूलाई चुनौनी दिन छिटो प्रयोगकर्ताको सङ्ख्या बढाउनुपर्ने बताइन्।
मानिसहरू निस्शुल्क सामाजिक सञ्जाल चलाउन अभ्यस्त भइसकेका छन्। व्यावसायिक संस्थाहरूले यसका लागि पैसा तिर्न सक्लान्, तर सामान्य मानिसहरू औँलामा निस्शुल्क समाचार पाउन अभ्यस्त छन्, उनले बताइन्।
बीबीसीकाे सहयाेगमा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: