काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने परिस्थिति आए मात्रै प्रदेश सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल प्रदेश सरकारको गठन वा विघटनमा नेकपाको कुनै भूमिका नरहेको बताए। उनका अनुसार अहिले देखिएको राजनीतिक उतारचढाव नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको आन्तरिक समीकरणको परिणाम हो।
दाहालले कांग्रेस र एमालेले नै बाँकी कार्यकाल प्रदेश सरकार सञ्चालन गर्नुपर्ने नेकपाको धारणा रहेको उल्लेख गर्दै, नयाँ राजनीतिक सहकार्यको अवस्था बनेमा एमालेसँग सहकार्य पहिलो प्राथमिकतामा रहने बताए।
यही कार्यक्रममा एमाले नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा देखिएको अस्थिरताको कारण कांग्रेसभित्रको आन्तरिक विवाद र किचलो रहेको आरोप लगाए।
उनले अहिलेको प्राथमिकता विद्यमान सरकारलाई जोगाएर निरन्तरता दिनु रहेको बताउँदै प्रदेश सरकार टिक्न नसक्ने अवस्था आए एमाले पनि निरन्तर सरकारमा बसिरहने पक्षमा नरहेको स्पष्ट पारे। साथै, आपसी सहमतिमार्फत प्रदेश सरकारमा देखिएको विवाद छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - २१:५६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...
श्रावण ५ गते, २०८३ - २१:३९
दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...
श्रावण ५ गते, २०८३ - २१:३३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...
श्रावण ५ गते, २०८३ - २१:२०
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...
श्रावण ५ गते, २०८३ - २१:१९
काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...
श्रावण ५ गते, २०८३ - २१:१६
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...
श्रावण ५ गते, २०८३ - २०:५५
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...
श्रावण ५ गते, २०८३ - १९:४१
सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...
श्रावण ५ गते, २०८३ - १९:३९
बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...
श्रावण ५ गते, २०८३ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...



प्रतिकृया लेख्नुहोस्: