Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

आलम र प्रहरीबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी तनावमा

गौर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो।आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्।

आजको अन्नपुर्णमा खबर छ - असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछि सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अन्यौलमा छन्। आलमलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए। आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए।

हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ छ।

एक प्रहरी अधिकृतले भने, ‘हाइ प्रोफाइलका भीआइपीलाई पक्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्ता प्रमाण प्रहरीले राख्ने गर्छ।’ जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान पछि भिडियो जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा बुझाएको थियो।

भिडियो कसरी बाहिरियो भन्नेमा आफूहरू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए।

भिडियोका कारण अनावश्यक तनाव थपिएको उनले प्रतिक्रिया दिए। डीएसपी कार्की सोमबार बिदामा घर गएका छन्। आलमलाई कारागार चलान गरिएकै दिन जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending