काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताएका छन्।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गरेका छन्।
सन्देशमा उनले सामन्ती राणा शासनविरुद्ध लड्ने लखन थापा, बाँकाबीर तथा चार सहिद—शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल—देखि पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन, मधेस तथा थारू आन्दोलनसम्मका सहिदहरूको योगदान स्मरण गरेका छन्। पछिल्लो समय देखिएका जेन–जी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै उनले ती सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेदको अन्त्य गर्दै लोकतन्त्र र सुशासन स्थापना गर्नु रहेको बताए।
प्रचण्डका अनुसार मुलुकले हासिल गरेको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता सहिदकै बलिदानको परिणाम हो। तर सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेकाले सहिदका सपना पूर्ण रूपमा पूरा हुन नसकेको उनले औंल्याए।
सहिदका अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवस मनाउनुको सार्थकता रहने उल्लेख गर्दै उनले आजको दिन आत्मसमीक्षा गर्ने र विचलित नभई जनताको पक्षमा उभिने संकल्प गर्ने दिन भएको बताए।
प्राप्त उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्न उनले सबैलाई अपिल गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...
बैशाख ६ गते, २०८३ - १६:४२
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...
बैशाख ६ गते, २०८३ - १६:२५
विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने
बैशाख ६ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...
बैशाख ६ गते, २०८३ - १६:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...
बैशाख ६ गते, २०८३ - १५:४५
काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...
बैशाख ६ गते, २०८३ - १५:३०
काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...
बैशाख ६ गते, २०८३ - १५:१४
हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...
बैशाख ६ गते, २०८३ - १४:४४
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...
बैशाख ६ गते, २०८३ - १४:३६
काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...


प्रतिकृया लेख्नुहोस्: