काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सहिदका सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको बताएका छन्।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गरेका छन्।
सन्देशमा उनले सामन्ती राणा शासनविरुद्ध लड्ने लखन थापा, बाँकाबीर तथा चार सहिद—शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल—देखि पञ्चायती काल, जनयुद्ध, जनआन्दोलन, मधेस तथा थारू आन्दोलनसम्मका सहिदहरूको योगदान स्मरण गरेका छन्। पछिल्लो समय देखिएका जेन–जी आन्दोलनका सहिदहरूको बलिदानलाई समेत समेट्दै उनले ती सबै संघर्षको साझा उद्देश्य सामन्तवाद र विभेदको अन्त्य गर्दै लोकतन्त्र र सुशासन स्थापना गर्नु रहेको बताए।
प्रचण्डका अनुसार मुलुकले हासिल गरेको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता सहिदकै बलिदानको परिणाम हो। तर सामाजिक न्याय, आर्थिक समानता, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय स्वाधीनताको संघर्ष अझै जारी रहेकाले सहिदका सपना पूर्ण रूपमा पूरा हुन नसकेको उनले औंल्याए।
सहिदका अधुरा सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवस मनाउनुको सार्थकता रहने उल्लेख गर्दै उनले आजको दिन आत्मसमीक्षा गर्ने र विचलित नभई जनताको पक्षमा उभिने संकल्प गर्ने दिन भएको बताए।
प्राप्त उपलब्धिहरूको जगमा टेकेर समुन्नत समाजवादी नेपाल निर्माणको दिशामा अघि बढ्न उनले सबैलाई अपिल गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...
माघ १७ गते, २०८२ - १३:५९
मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवार भूपदेव शाह को समर्थनमा अछाम क्षेत्र न...
माघ १७ गते, २०८२ - १३:४८
फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...
माघ १७ गते, २०८२ - १३:३७
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...
माघ १७ गते, २०८२ - १३:२७
काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...
माघ १७ गते, २०८२ - १३:१९
ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...
माघ १७ गते, २०८२ - १२:५७
वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...
माघ १७ गते, २०८२ - १२:५१
काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् । अस्ट्रेलियन...
माघ १७ गते, २०८२ - १२:३२
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप...
माघ १७ गते, २०८२ - १२:१९
फिदिम । सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुगेका एकजना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएको छन् । जिल्लाको याङवरक गाउँपालिका २ तिमत...




प्रतिकृया लेख्नुहोस्: