एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५,००० मानिसको मृत्यु भएको छ।
यो वर्ष मात्रै झन्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ।
कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ।
कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपत्कालीन कार्यक्रम सञ्चालन गरेका थिए।
तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ।
अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने सङ्ख्याभन्दा आधाले पनि कम हो ।
त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन् । प्रभावितमध्ये अधिकांश शिशुहरू छन्।
दादुरा के हो ?
दादुरा एउटा भाइरसका कारण लाग्छ। सङ्क्रमण भएपछि सिँगान बग्न थाल्छ तथा हाच्छिउँ र ज्वरो आउँछ।
त्यसको केही दिनपछि अनुहारमा दाग देखिन्छ र शरीरभरि फैलिन थाल्छ।
अधिकांश मान्छेलाई आफैँ निको हुन्छ।
तर यदि त्यसले निमोनिया वा इन्सेफलाइटिस अर्थात् मस्तिष्कको सुजन भएमा दादुराले जीवनभरि अपाङ्गता निम्त्याउन सक्छ।
दादुराका कारण विश्वभरि प्रत्येक वर्ष एक लाख १० हजार मानिसको ज्यान जाने गरेको अनुमान छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: