Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

उपनिर्वाचनः हामी मार्छौँ बाजी

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काङ्ग्रेसले आआफ्नै दलले बाजी मार्ने दावी गर्दै आएका छन् ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा, काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीको त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि मतदातामाझ नेकपा र काङ्ग्रेसले बाजी मार्ने आकलन छ । प्रदेशसभाका सदस्य हरिशरण लामिछानेको निधनपछि रिक्त यस क्षेत्रमा नेकपाले युवा नेता, लेखक एवं अर्थविद् डिपी ९देवीप्रसाद० ढकाललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी काङ्ग्रेसले व्यवसायी कृष्णलाल भँडेल तथा नेमकिपाले पत्रकार एवं युवा बौद्धिक नेता नीरज लवजूलाई उम्मेदवार बनाएको छ । यी तीन उम्मेदवारको चुनाव प्रचार, घरदैलोदेखि चुनावीसभामा समेत प्रतिस्पर्धा चलेको छ । नेकपाले आगामी तीन वर्षमा विकास र पूर्वाधार निर्माणले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने प्रतिबद्धता गर्दै मतदातासँग घरघर, टोलटोलमा मत मागिरहेको छ । काङ्ग्रेसले सरकारको आलोचना गर्दै सरकारले जनतालाई आश्वासन मात्रै बाँडेको भन्ने आरोपका साथ सफल प्रतिपक्षको भूमिका निर्वाह गर्ने र विकास गर्ने प्रतिबद्धता जनाउँदै जनताको घरदैलोमा पुगेर मत मागिरहेको छ । नेमकिपाले भने विदेशी हस्तक्षेपको विरोध गर्दै देशको सीमा एवं सार्वभौम रक्षा गर्नुपर्ने कार्यसूचीलाई जनतामाझ प्ु¥याएको छ ।

नेकपामा उम्मेदवार ढकाल आफ्नो कार्यकालमा विकासले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने बताउँदै समग्र प्रदेश नं ३ को विकासमा योगदान दिने बताउछन् । मातृशोकमा परेर घरदैलोमा सहभागी हुन नपाए पनि निरन्तर मतदाताको सम्पर्कमा रहनुभएका काङ्ग्रेसका उम्मेदवार भँडेलले सरकारले आश्वासन दिएर गर्न नसकेका काम पूरा गर्ने गरी भक्तपुरको विकासमा आफू समर्पित रहने बताउछन् ।

नेमकिपाका उम्मेदवार लवजू भने चुनावका बेलामा यति बजेट ल्याउँछु, विकास गर्छु भनी जनतालाई झुटा आश्वासन बाँड्ने दलहरुलाई यसपालि जनताले जवाफ दिने बताउछन् । यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार लामिछाने १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

यस पटकको उपनिर्वाचनमा भने सबैको आआफ्नै दावी छ । नेकपाका ढकाल भन्छन्, “हाम्रो पार्टी यसअघि पनि काङ्ग्रेसभन्दा दुई हजार ८१२ मतले विजयी भएकै हो, यसपालि हाम्रो पार्टीको सरकारले ल्याएको विकास बजेटले जनता नेकपाप्रति आकर्षित छन्, त्यसमाथि पनि अहिले काङ्ग्रेस, राप्रपा र नेमकिपा परित्याग गरेर नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्नेको लर्को छ, हामी छ हजार मतान्तरले जित सुनिश्चित गर्छौ ।” उपनिर्वाचन नजिकिँदै गर्दा पार्टी र उम्मेदवारको अङ्कगणित पनि शुरु भएको छ ।

“यस क्षेत्रमा काङ्ग्रेस पहिला पनि कमजोर होइन, नेकपा तेस्रोमा थियो, प्रतिस्पर्धा नेमाकिपासँग हुन्थ्यो, गत चुनावमा केही असन्तुष्ट साथीहरुको मत विभाजन भयो, यस चुनावमा काङ्ग्रेस एक ढिक्का भएको छ, मत खेर जाँदैन”, काङ्ग्रेस उम्मेदवार भँडेल भन्नुहुन्छ, “सरकारबाट वाक्क भएका नागरिकले काङ्ग्रेसलाई मत दिने कुरा छ, फेरि राप्रपा ९संयुक्त०को सम्पूर्ण भोट हामीलाई आउने घोषणा र चुनावी एकता भएको छ, नेकपाका असन्तुष्टहरु धेरै छन्, उनीहरुले हामीलाई सघाउने भएका छन्, त्यसैले यस पटकको उपनिर्वाचनमा काङ्ग्रेसले बाजी मार्छ ।”

नेकपा र काङ्ग्रेसले आआफैँले बाजी मार्ने चर्चा गरिरहँदा नेमकिपा पनि यो दाबीबाट पन्छिएको छैन । नेमकिपाका उम्मेदवार लजवु भन्छन्, “सत्तासीन दलहरुले जनतालाई धेरै झुक्याए, सत्तामा छँदा काङ्ग्रेसले झुक्यायो, अहिले नेकपाले । अब जनताले बुझिसके, नेतालाई चिनिसिके, झूटो आश्वासन, लोभ प्रलोभनमा अब मतदाता पर्दैनन्, त्यसैले नेमकिपाले यस क्षेत्रमा उपनिर्वाचनमा बाजी मार्छ ।”

अन्य दलले पदयात्रासहित घरदैलो गरे पनि साझा पार्टीका उम्मेदवार सुरज प्रधानले भने पार्टीको नीतिअनुसार नै पदयात्रा, माइकिङ, माला, खादा सबै बहिष्कार गरेर शुद्धरूपमा घरघरमा पुगेर मतदातासँग मत मागेको बताउनुहुन्छ । साझा पार्टी आफ्नै अस्तित्व जोगाउने लडाइँमा छ भने यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपालले पनि पार्टीको पहिलोको स्थानलाई सुधार गर्दै मत बढाउने लक्ष्यका साथ चुनावी मैदानमा छन् ।

नेकपा ९माले०का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनावी प्रचारमा छन् । स्वतन्त्र उम्मेदवारको भने कतै चर्चा छैन । केही दलले मतगणनामा एजेण्ट बढाउन पनि स्वतन्त्र उम्मेदवार उठाएको आरोप लागेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending