Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

खबरडबली संवाददाता

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरीले गिरीलाई कारागारभित्र अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। बिहानैदेखि प्रहरीले उनको घरलाई घेरा हालेर विस्तृत खानतलासी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालका अनुसार शंकास्पद वस्तु लुकाएर राखिएको आशंकामा छापा मारिएको हो। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले घरबाट के–के बरामद भएको भन्ने विषय भने सार्वजनिक गरेको छैन।

गिरी यसअघि पनि विभिन्न आपराधिक गतिविधिसम्बन्धी आरोपका कारण पटक–पटक विवादमा आएका व्यक्ति हुन्। अपहरण मुद्दामा कारागारमा रहँदा पनि उनी विवादमा तानिएका थिए।

कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।

प्रहरीका अनुसार उनीमाथि कैदीबन्दीबाट रकम असुली गर्ने तथा उनीहरूको भत्ता अपचलन गरेको आरोप छ। यद्यपि, गिरीले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending