Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

समस्या लुकाउँदा अकालमै मर्छन् एचआइभी सङ्क्रमित

काठमाडौं । एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् ।

डडेल्धुरामा गत आर्थिक वर्ष २०७५/०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ (एआरटी) सेवा नलिँदा मृत्यु भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् । सबैभन्दा बढी सङ्क्रमित परशुराम नगरपालिका क्षेत्रमा छन्, जसमध्ये सो अवधिमा तीन महिला र दुई पुषको मृत्यु भइसकेको छ ।

रोजगारीका लागि छिमेकी भारत जाने युवाहरु एचआइभी सङ्क्रमित भएर फर्कने र श्रीमतीलाई सार्ने गरेका कारण सङ्क्रमितको सङ्ख्या बढेको जिल्ला स्वाथ्य कार्यालयका सूचना अधिकारी जनक चन्दले बताए।

उनले भने, “अभिलेखअनुसार ९६ एचआइभी सङ्क्रमित भारतमा रोजगारीमा गएका कारण पीडित भएका छन् । सबैभन्दा संवेदनशील रहेको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको जोगबुडा क्षेत्रमा यो समस्या छ ।” जोगबुडा क्षेत्र भारतसँग सीमा जोडिएको छ । यस क्षेत्रका बासिन्दा बढीजस्तो रोजगारीका लागि भारततिर जान्छन् । सङ्क्रमितका छोराछोरीसमेत प्रायः सङ्क्रमित हुने अवस्था देखिएको एचआइभी सङ्क्रमतिको क्षेत्रमा कार्यरत ‘डडेल्धुरा प्लस’का कार्यक्रम अधिकृत भरत ऐरले बताए । उनका अनुसार आर्थिक अभाव हुने सङ्क्रमितहरु उपचारसमा खर्चला लाग्ला भनेर पनि सेवा लिन जाँदैनन् । जिल्लामा सङ्क्रमितमध्ये ८३ ले मात्र एआरटी सेवा लिने गरेको एआरटी सेवा काउन्सिलर हर्कबहादुर दियालले बतताउनुभयो । डडेल्धुरा सदरमुकामा रहको एआरटी सेन्टरमा बैतडीका १० र डोटीका तीन गरी हाल ९६ ले सेवा लिइरहेका छन् । त्यसमध्ये आठ बालबालिका छन् ।

अझै २०० भन्दा बढी सङ्क्रमित रहेको तर उनीहरु खुलेर समस्या नभन्ने र उपचार लिन नआउने गरेको उहाँले बताउनुभयो । पाँच वर्ष पहिले समयमा औषधि खान नपाउने र जिल्लामा ‘एआरटी सेन्टर’ को सेवा लिने स्थिति थिएन । सदरमुकाम र जोगबुडा गरी दुई स्थानमा सेन्टर भएका कारण ग्रामीण क्षेत्रका सङ्क्रमितलाई सदरमुकाम आउनमा समस्या थियो ।

नवदुर्गा गाउँपालिका–५ चामाका एचआइभी सङ्क्रमित चार बालबालिका दुई वर्ष पहिले समाजमा पुनःस्थापित भएका छन् । सङ्क्रमित आमाबुबाको ‘एआरटी’ सेवा पाउन नसकेका कारण निधन भएपछि उनीहरुका बालबापिलका समाजबाट ििवस्थापित भएका थिए । ती बालबालिका स्थानीय विद्यालयको छात्रवासमा बस्दै आएकामा गत वर्ष जिल्ला एड्स समन्वय समितिको पहलमा घर फर्केका थिए ।

कार्यक्रम अधिकृत ऐरले “समाजले भेदभाव गर्ने गरेका कारण सङ्क्रमित फेरि गाउँ छाडेर भारत फर्कने र समस्या लुकाएर राख्ने गरेका छन् । डडेल्धुरा जिल्ला अस्पतालमा एक मात्र एआरटी केन्द्र हुँदा विकट गाउँपालिका सङ्क्रमितलाई सहजरूपमा औषधि दिन सकिएको छैन ।”

सरकारले एचआइभी सङ्क्रमितका लागि जिल्लाका सम्पूर्ण स्वास्थ्यचौकीसम्म औषधिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई विभिन्न सङ्घसंस्थाले काम गर्दै आए पनि त्यसको खासै प्रभाव परेको छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending