काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा अभियन्ता देवी खड्काले पीडितहरूले अझै पूर्ण न्यायको अनुभूति गर्न नसकेको बताइन्। उनले द्वन्द्वकालीन यौन हिंसाको विषय कानुनी मात्र नभई सामाजिक र मनोवैज्ञानिक पक्षसँग पनि जोडिएको उल्लेख गरिन्।
“कागजी र कानुनी न्यायमात्र पर्याप्त हुँदैन। सामाजिक दृष्टिकोण बदलिनुपर्छ, संस्कृति परिवर्तन हुनुपर्छ र पीडितले न्यायको अनुभूति गर्नुपर्छ,” खड्काले भनिन्।
उनका अनुसार नेपालमा पहिलो पटक यौन हिंसा पीडितहरूको नेतृत्वमा दिवस मनाइएको हो। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पीडितहरूको आत्मउपचार, सामाजिक लाञ्छना, पहिचान र न्यायका विषयमा छलफल गरिएको थियो।
दशक लामो सशस्त्र द्वन्द्व समाप्त भएको वर्षौं बितिसक्दा पनि यौन हिंसाका धेरै घटनाले न्यायको अन्तिम टुंगो पाउन नसकेको गुनासो पीडितहरूको छ। खड्काले यस्ता मुद्दामा राज्यले सबैभन्दा पहिले पीडितको पीडा स्वीकार गर्नुपर्ने, न्यायको अनुभूति दिलाउनुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता गर्नुपर्ने बताइन्।
“स्वीकारोक्ति, न्यायको अनुभूति र पुनरावृत्ति नहुने ग्यारेन्टी नै वास्तविक न्यायका आधार हुन्,” उनले भनिन्।
हरेक वर्ष जुन १९ मा मनाइने ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ले युद्ध र द्वन्द्वका क्रममा भएका यौन हिंसाका घटनाविरुद्ध आवाज उठाउँदै पीडितको न्याय र पीडकको जवाफदेहिताको माग गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - २२:२२
काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...
श्रावण ८ गते, २०८३ - २१:५३
चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...
श्रावण ८ गते, २०८३ - २१:५१
तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...
श्रावण ८ गते, २०८३ - २१:४८
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...
श्रावण ८ गते, २०८३ - २१:४६
काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...
श्रावण ८ गते, २०८३ - २०:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...
श्रावण ८ गते, २०८३ - २०:२८
काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...
श्रावण ८ गते, २०८३ - २०:०६
काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...
श्रावण ८ गते, २०८३ - १९:५७
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ



प्रतिकृया लेख्नुहोस्: