काठमाडौ । मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
सडक यातायात असुरक्षित हुँदै गए पनि सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाको विषयमा सरकार गम्भीर नभएको पार्टी प्रवक्ता लीलाबहादुर बानियाँले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बागलुङको बडिगाडमा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु भएका यात्रुप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत हप्तामात्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९ को मृत्यु भएको घटना नसेलाउँदै फेरि बागलुङमा जीप दुर्घटना भएको हो । यसअघि दशैँ र तिहारमा पनि सिन्धुपाल्चोकमा ठूला दुई बस दुर्घटना भएका थिए ।
दैनिक औसत छ जना नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ । सवारी चालक तथा पैदलयात्रुलाई सडकको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना जगाउन सो पार्टीले सरकारलगायत सरोकार भएका निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: