Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

महिला क्रिकेटमा नेपाललाई कास्य पदक

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो ।

सागमार्फत महिला क्रिकेटको अन्तर्राट्रिय प्रतियोगितामा शुरुआत गरेको माल्दिभ्सलाई यसअघि लिग चरणको खेलमा समेत नेपालले पराजित गरेको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ थालेको माल्दिभ्सले ११ दशमलव तीन ओभरमा सम्पूर्ण विकेट गुमाउँदै जम्मा आठ रनको योगफल तयार गरेको थियो ।

जीतका लागि सामान्य लक्ष्य पाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै बिना विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा ‘प्लेयर अफ दी म्याच’ बन्न सफल अञ्जली चन्दले आफ्नो चार ओभर बलिङमा जम्मा एक रन खर्चेर चार विकेट लिन सफल भइन् ।

नेपालका लागि रोमा थापाले पाँच तथा काजल श्रेष्ठले दुई रन जोडिन् । बाँकी दुई रन भने वाइडमार्फत प्राप्त भएको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभए पनि खेलाडीहरुले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दैै आगामी दिनमा धेरैभन्दा धेरै ‘म्याच एक्सपोजर’ पाएको खण्डमा श्रीलङ्का, बङ्गलादेश जस्त टेस्ट मान्यता प्राप्त राष्ट्रहरुलाई समेत जित्न सफल हुने विश्वास व्यक्त गरे।

नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको बताउँदै आउने दिनमा गल्ती कमजोरी हटाउँदै राम्रो क्रिकेट खेल्ने प्रतिबद्धता जनाइन् । माल्दिभ्स टोलीका कप्तान जोना मारियमले आफूहरु पहिलो अन्तर्राष्ट्रिय प्रतिस्र्धामा सहभागी भएकाले यसबाट सिक्ने अवसर मिलेको बताए ।

सागको महिला क्रिकेटको स्वर्ण पदकका लागि आइतबार श्रीलङ्का र बङ्गलादेशबीच स्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी चार राष्ट्रले सहभागिता जनाएका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending