नयाँ दिल्ली । भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन् ।
भारतमा पछिल्ला केही दिन यता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।
ती प्रदर्शनहरु चर्किँदै गएपछि प्रधानमन्त्री मोदीले सो आग्रह गरेको समाचारमा जनाइएको छ । बुधबार राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उहाँले सो आग्रह गरेको हो ।
मङ्गलबार साँझ पनि भारतीय जनताका नाममा सम्बोधन गरेर सो आग्रह गरेका प्रधानमन्त्री मोदीले बुधबार पनि सबैलाई आन्दोलन नचर्काउन र सबैलाई शान्त रहन आग्रह गरेको प्राप्त समाचारमा जनाइएको छ ।
उनले नागरिकताको संशोधनको विषयलाई लिएर आन्दोलन र कुनै पनि किसीमको राजनीति बन्द गर्न आग्रह गरेको बुधबार दिल्लीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सरकारले ल्याएको नागरिकतासम्बन्धी उक्त नयाँ कानूनको बचाउ गर्दै त्यस कानूनमा सोचविचार गरेर नै संशोधन गरिएको बताए।
उनले भारतका विभिन्न शहरमा जारी रहेको आन्दोलनलाई ‘गुरिल्ला’ राजनीति भनी टिप्पणी गरेका छन् ।
संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा विरोध प्रदर्शनहरु भएका छन् ।
दशौँ हजारको संख्यामा भारतीय मुसलमान समुदायका नागरिकको सहभागितामा केही दिनदेखि प्रदर्शन जारी राखिएको बताइएको छ ।
राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले मङ्गलबार साँझ टेलिभिजनबाट सम्बोधन गरी देशमा शान्ति कायम राख्न आग्रह गरेका थिए ।
बुधबार पनि उनले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको भन्दै उक्त कानूनको बचाउ गर्दै नागरिकलाई शान्तिपूर्ण रुपमा रहन र आन्दोलन नगर्न आग्रह गरेको जनाइएको छ ।एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: