Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने : शिक्षामन्त्री

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् ।

पैँतालिसौँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताए ।

उनले भविष्यमा त्रिविले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी आफूलाई ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा स्तरोन्नति गर्नुपर्ने भनाइ राखे। उनले त्रिविले प्रदान गर्ने उच्च शिक्षा समयसापेक्ष, बजारमुखी तथा विश्वबजारमा प्रतिस्पर्धी बनाउने खालका रहेको उल्लेख गर्दै भने, “सेमेष्टर प्रणाली लागू गर्ने, विद्यार्थीले रुचाएका विषय सञ्चालन गर्ने, राष्ट्रिय आवश्यकता र अर्थतन्त्रका प्राथमिकताअनुरुपका विषय सञ्चालन गर्ने, विज्ञान तथा प्रविधिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नेलगायतका विषय तथा विधागत विधिकरण कार्य त्रिविका समयसापेक्ष रहेका छन् ।”

सहकुलपति पोखरेलले दूरशिक्षा, क्रेडिट ट्रान्सफरको व्यवस्थालगायतका नवीनतम कामले त्रिविमा विद्यार्थी बढ्नेसमेत बताए। “सबै कार्यक्रममा उच्च र उत्कृष्ट गुणस्तर कायम गरी विद्यार्थीको आशा र भरोसाको केन्द्र बन्नका लागि त्रिविले अनुसन्धानात्मक, सिर्जनात्मक तथा नवप्रवर्तनात्मक कदम चाल्न ढिला गर्नु हुँदैन”, उनले भने, “उच्च शिक्षामा ८० प्रतिशत विद्यार्थी अध्ययन गर्ने त्रिविले अनुकरणीय भूमिका प्रदर्शन गरी अरुलाई पनि सिकाउनुपर्दछ ।”

उनले दीक्षित भएका विद्यार्थीलाई विश्वविद्यालयबाट सिकेका ज्ञान, सीप मुलुकको विकासका लागि लगाउनसमेत आग्रह गरे। “मुलुकको स्वाधीनता, सार्वभौमसत्ता, राष्ट्रियता, स्वाभिमानका पक्षमा राज्यले चाहेका बेला योगदान गर्न सदा तत्पर हुनुपर्दछ”, उनको भनाइ थियो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सङ्कल्प पूरा गर्न दीक्षित विद्यार्थीले मन, वचन र कर्मले दृढ भएर लाग्नुपर्दछ ।”

उनले शिक्षा क्षेत्रलाई सेवामूलक बनाउँदै लैजाने तथा उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने जस्ता कुरा संविधानले नै नीतिनिर्देश गरेकाले अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरण, निजी तथा सहकारीका लगानीको नियमन गर्दै सेवामूलक बनाउनेतिर केन्द्रित हुनुपर्ने बताए ।

उच्च शिक्षामार्फत दक्ष, योग्य र उत्पादनशील नागरिक विकास गरी देशको विकास र समृद्धिको यात्रालाई सहज र सफल बनाउन अग्रसर हुनुपर्ने धारणा उनले राखे । उनले भर्खरै शिक्षा नीति–२०७६ जारी गरिएकाले सो नीतिले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्दै आर्थिक सामाजिक रुपान्तरणको जगका रुपमा शिक्षालाई बनाउने बताए ।

“सार्वजनिक शिक्षा प्रणालीको सवलिकरणमार्फत शिक्षा प्रणालीप्रति जनताको विश्वास पुनः आर्जन गर्ने दिशामा नीति केन्द्रित रहेको छ”, उनले थपे, “नीतिले शिक्षाको विकासमार्फत देशलाई समृद्ध र जनतालाई सुखी र खुशी बनाउनेछ ।”

त्रिविको पुनःसंरचना, उच्च शिक्षाको सुधारको प्रमुख विषय नीतिमा समेटिएको भन्दै त्यसले उच्च शिक्षामा संरचनागत, संस्थागत, कानूनी परिवर्तन गरी विश्वस्तरको नागरिक तयार गर्ने उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने उद्देश्य रहेको उनले बताए । मन्त्री पोखरेलले सार्वजनिक विद्यालय अध्यापन गर्ने स्थायी शिक्षकसँग शिक्षाशास्त्रको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र रहे पनि नतिजामा अपेक्षाकृत सुधार हुन नसकेकाले त्रिविले नीतिमा रहेको प्राज्ञिक र पेशागत डिग्रीलाई एक अर्काबाट छुट्टउने कुरालाई लागू गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले त्रिविले सञ्चालन गरेका शैक्षिक कार्यक्रम अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट रहेको बताए । उनले अहिलेको परिवेशअनुसार प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि त्रिविले गुणस्तरमा थप सुधार गरेर जाने बताए ।

उनले त्रिविका अनुसन्धान केन्द्रमार्फत हुने काम राम्रो भएको भन्दै भविष्यमा ती केन्द्रलाई सरकारको विषय विज्ञ ९थिङ्क ट्याङ्क०का रुपमा विकसित गर्ने बताए । उनले त्रिविलाई नमूना विश्वविद्यालय बनाउनका लागि नै त्रिवि भिजन–२०३० ल्याइएको उल्लेख गर्दै त्रिविले व्यावसायिक, सीपमूलक र बजारमुखी शिक्षा दिने बताए ।

“राष्ट्र तथा विश्वबजारले माग गरेअनुसार सञ्चालन गरेका कार्यक्रमलाई एकातिर परिमार्जन गर्दै लैजानु पर्नेछ भने अर्कातिर मागअनुसार नयाँनयाँ कार्यक्रम सञ्चालन गरी उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको सङ्ख्यालाई न्यूनीकरण गर्दै जानुपर्नेछ”, उनले भने । ढाका विश्वविद्यालय, बङ्गलादेशका उपकुलपति प्रा डा मोहम्मद अख्तरुज्जमानले दीक्षित भएका विद्यार्थीले देश र समाजका लागि योगदान गर्नुपर्ने बताए।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसको प्राङ्गमा भएको दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका १० हजार १८३ विद्यार्थी दीक्षित भएका थिए । शिक्षामन्त्री पोखरेलले ती विद्यार्थीलाई दीक्षित गराएका थिए । सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।

सो समारोहमा उहाँले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक÷पुरस्कार प्रदान गरेका थिए । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थिति भएपछि शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE