Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्

कञ्चनपुर । वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहुँदा कर्मचारीले कात्तिक र मङ्सिरको तलब पाउन नसकेका हुन् ।

रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताए । उनका अनुसार सर्शत अनुदानअन्तर्गत तलब पाउनेमा विद्यालयका शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, आयुर्वेद औषालयका कर्मचारीलगायत छन् ।

“वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्”, उनले भने, “विद्यालयको विभिन्न शीर्षकको अनुदान र स्वास्थ्य शाखाअन्तर्गतका कार्यक्रमसमेत प्रभावित भएका छन् ।” जिल्लाका विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यतर्फका कर्मचारीले तलब पाएका छैनन् ।

योजना प्रभावकारी बनाउन पदाधिकारीलाई तालीम

योजनालाई पारदर्शीरूपमा सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारी र जनप्रतिनिधिका लागि योजना सञ्चालनसम्बन्धी तालीम सञ्चालन गरेको छ । योजनालाई प्रभावकारी बनाउनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीका लागि तालीम सञ्चालन गरेको हो ।

तालीममा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन प्रक्रिया, योजना कार्यान्वयन, सम्झौता, फरफारकका लागि आवश्यक कागजातको व्यवस्था गर्ने, योजनाको आपनत्वसम्बन्धी कुरा सिकाइन थालेको नगरपालिकाका लेखापाल जोशीले बताए। तालीमको व्यवस्था नहुँवा उपभोक्ता समितिका पदाधिकारी योजनाको किताबमात्रै ल्याएर आउन थालेपछि योजना फरफारक गर्न निकै कठिन हुन थाल्यो उनले बताए।

तालीमपश्चात योजना कार्यान्वयनसँगै लेखा राख्न र योजना निर्माणको कार्य पूरा भएपछि रकम भुक्तानी गर्न सजिलो हुने उनले बताए । योजना कार्यान्वयनसँगै पदाधिकारीलाई सम्झौताका प्रक्रिया, प्राविधिक लागत अनुमान, योजना फछ्र्यौट र प्रशासनिककार्यबारे जानकारी दिइन थालेको छ । चार÷चार वडाका पदाधिकारीलाई तीन समूहमा बाँडेर तालीम दिन थालिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE