टोकियो । अमेरिकासँग पछिल्लो समय कूटनीतिकरूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान आइपुगेको हो ।
राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो आएको हो । यस भ्रमणका बारेमा जापानी मिडियाले लेखेका छन् कि “राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति छन् ।”
पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ । यस विवादका बीच पनि उहाँ निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा जानुभएको अमेरिकी सञ्चारमाध्यमहरुले पनि लेखेका छन् ।
राष्ट्रपति रउहानी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शुक्रबार साँझ जापानी प्रधानमन्त्री आबेको कार्यालयमा द्विपक्षीय औपचारिक वार्ता पनि भइसकेको बताइएको छ ।
उनी शुक्रबार टोकियो पुगेपछि उहाँको सम्मानमा ‘गार्ड अनर’ दिइएको थियो । त्यसपछि उहाँहरुबीच शुक्रबार साँझ नै औपचारिक वार्ता र रात्रिभोज सम्पन्न भएको समाचारमा जनाइएको छ ।
तर द्विपक्षीय वार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारेमा भने केही नबताइएको राजधानी टोकियोबाट विभिन्न अन्तरराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
उनको यो भ्रमण इरानमा गत महिना भएको ठूलो आन्तरिक आन्दोलनपछि भएकाले अर्थपूर्णरूपमा हेरिएको छ । अधिकारीहरुका अनुसार इरान सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा गत महिना व्यापक आन्दोलन भएको थियो ।
साथै केही समययतादेखि अमेरिकाले पनि इरानमाथि उसका आणविक कार्यक्रमका विषयलाई लिएर आर्थिक नाकाबन्दी नै लगाएको छ । अमेरिकाको यो नाकाबन्दीले गर्दा इरानको समग्र अर्थतन्त्रमा नै ठूलो असर पारेको इरानका आर्थिक क्षेत्रका जानकारहरुले जनाएका छन् ।
इरानसँगको विश्वका ठूला शक्ति राष्ट्रहरुसमेतको संलग्नतामा भएको सम्झौताबाट पछि हटेर अमेरिकाले इरानमाथि यस्तो प्रतिबन्द लगाएको छ ।
तर यसपटकको यो भ्रमण भने अमेरिकासँगको सो मुद्दाका विषयमा नरहेको इरानको स्पष्टोक्ति छ । इरान सरकारका प्रवक्ता अलि राबेइले अमेरिकासँग पछिल्लो समयमा जारी विवादास्पद मुद्दाका विषयमा कुनै पनि किसिमले सम्बन्धित छैन, भने ।
तर उनले यस भ्रमणको समयमा त्यस विषयमा कुनै कामकारवाही नहुने भए पनि जापानले आफ्ना विषयहरुमा अमेरिकासँग कुरा गर्ने र इरानसँग सद्भाव भने राख्ने गरेको जानकारी दिए ।
तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रेहर इरानको भ्रमण गर्नुभएको थियो ।
अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उहाँले इरानको भ्रमण गरेको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: