बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष रु दुई करोडको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् ।
सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यो वर्ष ३० देखि ४० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको अगुवा किसान अनन्तबहादुर खड्काले बताए । “गत वर्ष मौसम राम्रो भएन”, खड्काले भने “यो वर्ष सुन्तला राम्रो फल्यो, बिक्री वितरणमा लागिरहेका छौँ ।”
वडास्तरीय कृषि समितिले सिगानामा यस वर्ष झण्डै रु दुई करोडको सुन्तला उत्पादन भएको बताएको छ । अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ । यहाँ राम्रो फल लागिरहेका १२ हजार सुन्तलाका बोट छन् जसमध्ये बढीमा एक बोटबाट २८ हजार ७०० देखि घटीमा रु १० हजारका हिसाबले आम्दानी हुँदै आएको बानपा–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिए। “बगैँचा व्यवस्थापनका कारण यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो”, जिसीले भने, “वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा अनुदानमा वितरण गर्दै आएका छौँ”, वडाध्यक्ष जिसीका अनुसार नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिइएको छ ।
उपर्युक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताए । उनले चार वर्ष अगाडि लगाएको बोटबाटै रु १० हजार बराबरको सुन्तला बिक्री भएको बताए । खड्काको बगैँचामा १०० सुन्तलाको बोट छन् । सिगानाका अधिकांश कृषक सुन्तला खेतीमा आर्कषित हुन थालेका छन् । अहिले झण्डै २० देखि २५ हजार सुन्तलाका नयाँ बिरुवा वडा कार्यालयमार्फत वितरण गरिसकेको छ । यहाँका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम रु पाँच लाखदेखि न्यूनतम ७० हजार कमाउँदै आएका छन् । उक्त ठाउँमा सुन्तला भण्डारणका लागि गत वर्ष गण्डकी प्रदेश सरकारको रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माणसमेत गरिएको छ । चिस्यान केन्द्रमा राखेका सुन्तलालाई बेमौसममा प्रतिकेजी रु १०० देखि १५० मूल्यमा बिक्री हुँदै आएको छ । गत वर्ष यहाँबाट झण्डै एक करोडको हाराहारीमा सुन्तला पोखरा, चितवनलगायतका स्थानमा निर्यात भएको थियो । यस वर्षको अधिकांश सुन्तला पोखरा निर्यात भएको छ ।
सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी परियोजना सञ्चालन भइरहेको छ । सुन्तला खेतीका लागि सिगाना उर्बर मानिन्छ ।
अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेकलगायतका ठाउँ सुन्तला खेतीका लागि उर्बर मानिन्छन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: