Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

ट्रम्पविरुद्ध महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन दलको दाबी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् ।

सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएको हो । उनले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भनेका छन् ।

साथै उनले यस कार्यलाई विपक्षीहरुले गरेको एउटा अनुचित काम भएको पनि भन्नुभएको समाचारमा जनाइएको छ ।

तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ । तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताए।

उनले अहिले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताए । तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।

उता रिपब्लिकनका अरु पनि केही नेताहरुले अमेरिकका प्रजातान्त्रिक संस्थाहरूमा नै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी पनि गराएका प्राप्त समाचारमा जनाइएको छ ।

तर यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आएका छन् । उनको यो अभियोग अब त्यसबारेको सुनुवाइको सामनाका लागि माथिल्लो सदनमा जानेछ ।

सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ । यस कारण पनि राष्ट्रपति ट्रम्पलाई शक्तिबाट हटाइन सक्ने कुनै पनि सम्भावना देखिँदैन ।

तर अमेरिकाको इतिहासमा सिनेटमा यस्तो अभियोगको सुनुवाइको सामना गर्नेमा राष्ट्रपति ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् । उनले यस प्रक्रियालाई आफ्ना विरुद्धमा गरिएको एक किसिमको ठूलो छलकपट हो भनेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending