Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

जुम्लाको धौलीघाट खानेपानी ठेक्का प्रक्रियामा

सिञ्जा । जुम्लाको सबैभन्दा ठूलो गौरवको आयोजना धौलीघाट खानेपानी ठेक्कामा जाने तयारी भएको छ । सङ्घीय सरकारको सहयोगमा उक्त आयोजनाका लागि रकम जुटेपछि निर्माण कार्यका लागि अगाडि बढाइएको सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयले जनाएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको हुँदा अब ठेक्कामा जाने तयारी थालिएको हो ।

जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र तातोपानी गाउँपालिकाका आठ हजार ५०० घरधुरीलाई लक्षित गरी सर्भे गरिएको उक्त आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत तयार भएको कार्यालय प्रमुख न्यौपानले जानकारी दिए । निर्माण भएको डिपिआरअनुसार आयोजनाको लागत रु दुई अर्ब २५ करोड ९५ लाख ५४ हजार ५०० रहेको छ । आयोजनाका लागि भने नौ प्रतिशत जनश्रमदान र एक प्रतिशत स्थानीय तहबाट नगदको आवश्यकता रहेको उनले जानकारी दिए । सो एक प्रतिशत रकम जम्मा गर्न तातोपानी गाउँपालिका र गुठिचौर गाउँपालिकाले लिखित सहमति दिइसकेका छन् भने चन्दननाथ नगरपालिकामा प्रक्रिया अगाडि बढिरहेको कार्यालयले जानकारी दिएको हो ।

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेको समयमा यो परियोजना नितान्त आवश्यक भएको हुँदा सफल गर्नुपर्ने जुम्लावासीले बताएका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जसरी पनि यो काम सम्पन्न गर्नुपर्ने बताए । उनले धौलीघाट परियोजना जुम्लावासीको विकासको अर्को मुहार फेर्ने आयोजना भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले प्रदेशकै गौरवको आयोजना भएकाले यो आयोजना सम्पन्न गर्नका लागि सबैको सहयोग र सहकार्य हुनुपर्ने सुझाव दिए। उनले बृहत् छलफल गरी स्थानीय र सरकारको जोडमा यसलाई सम्पन्न गर्न आवश्यक रहेको बताए ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रु ७५ करोडको अत्याधुनिक भवनको आयोजनापछि सबैभन्दा ठूलो आयोजना धौलीघाट आयोजना हो । विसं २०६४ सालमा जुम्लामा संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा शुरुआत भएको आयोजना रकम अभावमा अन्योलमा थियो । यस वर्ष भने नेपाल सरकारले प्रथामिकतामा राखी बजेट राखेपछि अगाडि बढ्ने निश्चित भएको हो ।

प्रतिसेकेण्ड ५० लिटर पानी झर्ने क्षमताको उक्त आयोजना निर्माण गर्न भने भौगोलिक चुनौती रहेको छ । सडक नभएका कारण सडक खन्नुपर्छ तर आयोजनालाई खन्ने अधिकार नदिइएकाले कठिन भएको न्यौपानेले बताए । जुम्ला सदरमुकाम देखि छ किलोमिटर टाढा उचाइमा रहेको मुहानपानीले जुम्ला सदरमुकाम, गुठिचौर गाउँपालिका र तातोपानीका ५८ हजार जनसङ्ख्या लाभान्वित हुने कार्यालयले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy