Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

अधिकांश क्षेत्रमा हिमपात र वर्षा हुने, यस्तो छ आगामी तीनको मौसम पूर्वानुमान

काठमाडौं । आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिवारसम्म मौसम बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

त्यस्तो हिमपात शुक्रवार र शनिवार पनि जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए।

उनले भने, \'अहिले पश्चिमी क्षेत्रमा मौसम बदली रहेको छ यो विस्तारै पूर्वतर्फ सर्छ। अहिले पनि पश्चिमका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपात भएको छ। बिहीवार रातिदेखि मध्य तथा पूर्व क्षेत्रमा पनि बदली हुने सम्भावना देखिन्छ।\'

उनका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै विस्तारै नेपालबाहिर जाने गर्छ।

काठमाण्डू उपत्यकामा पनि बिहीवार रातिदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए। उपत्यकाका केही स्थानमा दिउँसो हल्का वर्षा भएको छ।

उनीहरूका अनुसार काठमाण्डूमा न्यूनतम तापक्रममा खासै ‍नघट्ने तर अधिकतम तापक्रम घट्ने सम्भावना रहेको छ।

प्रधानाङ्गका अनुसार बुधवार २.५ डिग्री सेल्सीअस रहेको काठमाडाैंको न्यूनतम तापक्रम बिहीवार बढेर ४.५ डिग्री सेल्सीअस पुगेको छ।

तर वर्षा भएपछि यसमा पनि केही कमी आउन सक्ने मौसमविद्हरू बताउँछन्।

हिमपात र वर्षाका कारण चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता आपनाउन उनीहरूले सुझाव दिएका छन्।

पश्चिमी वायुको प्रभाव तराईमा भने कम पर्ने प्रधानाङ्गले बताए।

\'यो प्रणालीको असर पहाडी र हिमाली क्षेत्रमा धेरै देखिने भएकाले तराईमा शीतलहर चल्ने सम्भावना भने कम छ,\' उनले भने।

विभागका अधिकारीहरूका अनुसार गत डिसेम्बर २८ तारिखमा काठमाण्डूमा यो जाडो मौसमकै सबैभन्दा धेरै चिसो भएको थियो।

त्यस दिन काठमाण्डूको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सीअस रहेको थियो।

विभागले तापक्रम मापन गर्ने केन्द्रहरू राखेका स्थानमध्ये यो मौसममा सबैभन्दा कम तामक्रम जुम्लामा रेकर्ड गरिएको छ।

गत डिसेम्बर १७ तारिखमा जुम्लामा न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सीअस रहेको थियो।

बिहीवार भने जुम्लाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सीअस छ।

यस्ताे छ आगामी तीन दिनका लागि जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमान
-बिहीवार

दिउँसो: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा

पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना
राति: देशभरि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

- शुक्रवार

दिउँसो: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि ठूलो हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

राति: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि ठूलो हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- शनिवार

दिउँसो: देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
रातिस् देशभरि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि ठूलो हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE