जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र दैनिकीमा अल्झिएका यहाँका मतदाता राजनीतिप्रति वितृष्ण भएका छन्। कतिपयलाई त निर्वाचनको मितिसमेत थाहा छैन।
नगराइन नगरपालिका–बहुअर्वाका धनीराम भन्छन्, ‘भोट हालेर के हुन्छ? जित्ने सांसद वा मन्त्रीले हाम्रो दुःख बुझ्दैन। खेतबारी नबगाए पेट नपुगेको जस्तो छ। कति चुनाव भए तर विकास कहिँ छैन।’ उनले विगतमा जस्तो गाउँमा छलफल र एजेन्डा बनाउने प्रक्रिया पनि अहिलेसम्म नदेखिएको बताए।
जनकपुरधाम–रुपैठाका कारी यादवले पनि हरेक चुनावमा उम्मेदवारले विभिन्न आश्वासन दिए पनि जनजीवनमा सुधार नभएको गुनासो गरे। ‘बाटो उही हो, बिग्रिसकेको छ। ढलान फुटिसकेको, नाला व्यवस्थित छैन,’ उनले भने, ‘अनुदान र ऋणको कुरा छोडौँ, हाम्रो कुरा कसैले सुन्दैन।’
उमेरले माथि भएकी सैदा खातुनले पुराना दलप्रति असन्तोष पोखिन्। ‘विकास भएको छ भने नेताको भएको छ, जनताको होइन। खेतबारीमै काम गर्दा पनि आम्दानी अनुसार फल हुँदैन,’ उनले भनिन्। छोराछोरी विदेश पठाउँदा ठगीको सामना गर्नु परेको र कुनै सहयोग नपाएको पीडा उनले सुनाइन्।
मिथिला नगरपालिका–तारापट्टीका मिथिलेशराम ब्यान्ड बाजा र सिजनल काममा निर्भर छन्। ‘अरु काम छैन, विदेश जाने पैसा पनि छैन,’ उनले बताए। सरकारले रोजगार र विदेश जानको लागि सहयोग नदिएको भन्दै उनले असन्तोष व्यक्त गरे।
धनुषा–३ का सन्तोष चौधरीले भने मतदाता परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताए। ‘बेथिति, भ्रष्टाचार र बेरोजगारीका कारण देश विकास हुन सकेको छैन। विदेशबाट हरेक दिन कसैको लास आइरहेको छ, यस्तो अवस्था कसले बनायो?’ उनले प्रश्न गरे।
चुनावमा उम्मेदवारसँग नमस्कार मात्रै होइन, आफ्ना समस्या र सवाल सोध्ने चौधरीको तयारी छ। ‘अब भोट दिने बेला केवल आश्वासन होइन, कार्यक्षमता हेर्ने समय आएको छ,’ उनले जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...



प्रतिकृया लेख्नुहोस्: