हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीका लागि टुङ्गो लगाउने क्रममा भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर मकवानपुरको हेटौँडालाई रोज्नुपर्ने यर्थाथता रहेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले प्रदेशसभाको आज बसेको पहिलो बैठकमा उनले हिजो ३ नं प्रदेशको राजधानी हेटौँडालाई नै बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि छलफल हुँदा सदस्यहरुले उठाएको विभिन्न जिज्ञासाहरुको आज उत्तर दिँदै जनताको आधारभूत विकासलाई प्रदेश सरकारले निष्पक्षका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे।
उनले संविधानको मर्मलाई आत्मसमीक्षा गरी प्रदेशसभाको स्वतन्त्रतामाथि कुनै प्रकारको अङ्कुश लगाउन नखोजिएको उल्लेख गर्दै सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउन र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर राष्ट्रिय गौरवका आयोजनाहरु पनि सञ्चालन गर्ने दृढता व्यक्त गरे।
उनले दोलखा, रामेछाप, रसुवा जिल्लाबाट आउने जनप्रतिनिधि र समाजसेवीलाई अब प्रदेश नं ३ को राजधानी हेटौँडामा आवतजावत गर्न हेटौँडा–भीमफेदी सुरुङमार्ग, काठमाडौँ–निजगढ जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअनुसार प्रक्रिया शुरु गरिसकेको र चालु आवभित्र हेटौँडाबाट काभ्रेको पनौती जोड्ने ५८ किलोमिटर सडकलाई पनि निमार्ण गर्ने प्रक्रियाको पाइपलाइनमा राखिएको बताए ।
मुख्यमन्त्री पौडेलले हेटौँडामा अन्तर्राष्ट्रिय खेलकूदस्तरको कभर्ड हल तालीम केन्द्र र खेलकूद मैदानको निमार्ण कार्य अन्तिम चरणमा पुुगेको उल्लेख गर्दै नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक संरचना तयार भइरहेको पनि स्पष्ट पारे।
उनले एक प्रश्नको उत्तरमा काठमाडौँको राजधानीसँग जोडिएको काभ्रेको धुलिखेललाई प्रदेशको नयाँ राजधानी स्थापना गर्ने सोच र चिन्तनलाई परिवर्तन गरी अब जनप्रतिनिधि, प्रदेश सरकार र प्रदेशसभाका सदस्यहरुको आफ्नो भूमिकालाई निष्क्रिय पार्न नहुनेतर्फ आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ भने ।
सोही बैठकमा विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई प्रदेशको राजधानी बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि उठेको शङ्का–उपशङ्कालाई आज जवाफ दिँदै जनघनत्व, भूगोल र सडक सञ्जालले समेटिएको धुलिखेललाई राजधानीका लागि प्रस्ताव गरिँदा आफ्नो कुनै स्वार्थ र राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्य नरहेको बताए।
उनले प्रदेशसँग जोडिएका केही जिल्लाहरुलाई तत्कालै मकवानपुरको हेटौँडामा आउन यातायात क्षेत्रको असुविधाले कठिनाइ उत्पन्न भएकाले प्रदेशको राजधानीको नयाँ संरचना स्थापना गर्न नयाँ सोच चिन्तनका साथ अघि बढ्नुपर्ने आफूले चाहेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: