Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

सुपुर्दगी सन्धिबारे चिनियाँ पक्षको चासो

काठमाडौं । चिनियाँ पक्षले गृहमन्त्री रामबहादुर थापाको चीन भ्रमणका अवसरमा नेपालसँग हुने भनिएको सुपुर्दगी सन्धिबारे चासो राखेको छ। गत पुस २० देखि २५ गतेसम्म भएको गृहमन्त्री थापाको भ्रमण क्रममा चिनियाँ पक्षले नेपाल–चीन सीमाबाट आपराधिक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सुपुर्दगी सन्धि आवश्यक रहेको तर्क राखेको थियो।गलमभाष्लभम

आजकोनागरिक दैनिकमा खबर छ - राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि गर्नेगरी छलफल अगाडि बढाएको भए पनि त्यति बेला ‘आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि हुने’ भन्ने समझदारीमात्रै भएको थियो। त्यही समझदारीमा टेकेर गृहमन्त्री थापाको भ्रमणको समयमा पनि चिनियाँ पक्षले चासो व्यक्त गरेको हो। ‘चिनियाँ पक्षले सीमा सुरक्षा र व्यवस्थापनबारे चासो राखेको हो। राष्ट्रपति सीको भ्रमणका बेला भएका समझदारीलाई कार्यान्वयन गर्ने सवालमा कुराकानी भएको छ’, गृहमन्त्रीको भ्रमणमा सहभागी एक सदस्यले भने। भ्रमणका बेला कुनै पनि लिखित सम्झौता भने नभएको उनले बताए।

नेपालले चीनसँग गर्ने सुपुर्दगी सन्धिले तिब्बती शरणार्थी मामिलामा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको समेत ध्यानाकर्षण हुने भएकाले सजिलै यो सन्धि भइहाल्ने अवस्था नभएको मन्त्रालय स्रोतको दाबी छ।
मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले आतंकवादी गतिविधिमा संलग्न तथा अपराध गरेर एकअर्काको देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमा बुझाउने विषयमा जोड गरेको छ। यो विषयमा चिनियाँ राजदूतले पटकपटक गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री तथा राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी लबिङ गरिरहेका छन्। राष्ट्रपति सीको नेपाल भ्रमणताका चिनियाँ राजदूतको लबिङ तीव्र भए पनि सुपुर्दगी सन्धिले मूर्तरुप लिन पाएको थिए।
गृहमन्त्री थापाको भ्रमण बेला पनि उनका चिनियाँ समकक्षी जनसुरक्षामन्त्री झाओ झिङले अनौपचारिक कुराकानीमा यो विषय उठाएका थिए। ‘चिनियाँ अधिकारीहरुले अनौपचारिक भेटघाटमा यस्तो विषयलाई प्राथमिकतामा राखेको देखियो तर मन्त्री थापाले यस विषयमा कुनै जबाफ फर्काएनन्’, भ्रमणमा सहभागी एक सदस्यले भने।

नेपाल–भारत सुपुर्दगी सन्धिको विषय धेरैपटक उठे पनि अहिलेसम्म सन्धि हुन सकेको छैन। नेपाल भारतबीच २०६० सालमै सचिवस्तरीय संयन्त्र बैठकमा सुपुर्दगी सन्धि गर्ने सहमति भए पनि नेपालको राजनीतिक नेतृत्व तयार नभएकाले रोकिएको छ। नेपाल र चीनबीच पनि राजनीतिक नेतृत्व तयार नभएका कारण सहमति हुन सकेको छैन। नेपालले चीनसँग गर्ने सुपुर्दगी सन्धिले तिब्बती शरणार्थी मामिलामा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग ९युएनएचसिआर० को समेत ध्यानाकर्षण हुने भएकाले सजिलै यो सन्धि भइहाल्ने अवस्था नभएको मन्त्रालय स्रोतको दाबी छ।

स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणअघि मन्त्रालयले तत्कालीन सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा सुपुर्दगी सन्धिको मस्यौदाबारे छलफल चलाएको थियो। त्यति बेला गृहमन्त्री थापाले यो विषय अघि बढाउन सकिँदैन भनेपछि रोकिएको स्रोतको दाबी छ।

गृहमन्त्री थापासँगै चीन भ्रमणमा गएका गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सीमा सुरक्षा, विपद् व्यवस्थापन र चिनियाँ सरसहयोगबारे कुराकानी भएको बताए। ‘राष्ट्रपति सीको भ्रमणताका भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा दुवै देशका अधिकारी सहमत भए। नेपालका तर्फबाट नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाइएको छ’, प्रवक्ता शर्माले भने। उनका अनुसार भ्रमणका बेला नेपाल र चीनबीच कुनै लिखित सहमति भएको छैन।

गृहमन्त्री थापा चीन भ्रमणका जानुअघि १ सय २२ चिनियाँ नागरिक पक्राउ गरी नेपाल सरकारले डिपोर्ट गरेको थियो। यसको चीन सरकारले प्रशंसा गरेको थियो। पुस ७ गते पक्राउ परेका चिनियाँ नागरिकलाई चीनतर्फ डिपोर्ट गर्नुलाई सुपुर्दगी सन्धिकै एउटा प्रक्रियाका रुपमा हेरिएको छ। राष्ट्रपति सीको नेपाल भ्रमणका समयमा भएको समझदारी कार्यान्वयन गर्ने क्रममा उनीहरुलाई डिपोर्ट गरिएको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE