Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालको सबै सम्पत्ति रोक्का

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो । उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ । मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको छ । विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ ।

विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ । मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो । रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ । मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ । ‘धेरै सम्पत्तिको स्रोत नखुलेपछि रोक्का राखेर छानबिन अघि बढाएका हौँ,’ विभागका एक अधिकारीले भने, ‘विद्यार्थी ठग्ने मेडिकल कलेजमाथिको कारबाही अब कसैले रोक्न सक्दैन ।’

अर्यालको युनिभर्सल मेडिकल कलेजमा समेत लगानी
स्याङ्जाको भिरकोट नगरपालिका–७ स्थायी घर भएका खुमा अर्यालको गण्डकी मात्र नभई युनिभर्सल मेडिकल कलेजमा समेत लगानी छ । गण्डकीमा उनको सात करोड ८२ लाख ५० हजार रुपैयाँ लगानी छ । त्यस्तै, भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ स्टडिज एन्ड रिसर्च सेन्टरमा १८ करोड ८८ लाख रुपैयाँ लगानी छ । युनिभर्सलमै उनले दाजु भेषराज अर्यालको नाममा ६ करोड ८१ लाख ८७ हजार आठ सय रुपैयाँबराबरको सेयर लगानी गरेका छन् ।

खिलुङ कालिका एग्रो फार्ममा आफ्नै नाममा एक करोडको लगानी गरेको देखिन्छ । सोही एग्रो फार्ममा बुबा गंगाप्रसाद तथा दाजु भेषराजको नाममा समेत एक करोड लगानी गरेको भेटिएको छ । महालक्ष्मी विकास बैंकमा चार करोड २६ लाख रुपैयाँ लगानी छ । त्यस्तै, विभिन्न आफन्तको नाममा हाइड्रोपावर कम्पनीमा लगानी रहेको र विभागले त्यसको खोजबिन गरिरहेको छ ।

५० ठाउँमा जग्गाा
अर्यालको नाममा विभिन्न जिल्लामा ५० ठाउँमा जग्गा भेटिएको छ । काठमाडौं, दाङ, धनुषा, कास्की, स्याङ्जा र मकवानपुरमा उनको नाममा ठूलो मात्रामा जग्गा भेटिएको छ । बुबा र भाइको नाममा समेत खरिद गरिएका ती जग्गासमेत मालपोत कार्यालयले रोक्का राखेको छ । उनको काठमाडौंको बानेश्वरमा घर छ । अन्य जिल्लामा समेत ठूलो मात्रामा जग्गा खरिद गरेको छानबिनमा खुलेको छ । सस्तोमा आफ्नो नाममा जग्गा किनेर त्यही जग्गा आफूसम्बद्ध कम्पनीलाई महँगोमा बिक्री गरेको तथ्यसमेत अनुसन्धानमा खुलेको छ ।

बैंक खातामा मात्र आठ करोड
अर्यालका नाममा रहेका सबै बैंक खाता दुई साताअघि नै रोक्का भइसकेको छ, जसमा करिब आठ करोड रुपैयाँ भेटिएको छ । बैंकमा भएका कतिपय कारोबार शंकास्पदसमेत देखिएको विभाग स्रोत बताउँछ । १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने प्रावधान छ । मेडिकल कलेजको बैंक खाता भने रोक्का गरिएको छैन । आफ्ना सबै सम्पत्ति रोक्का भएपछि विभागमाथि अनुसन्धान रोक्न अर्यालले दौडधुप सुरु गरेका छन् । ठूला नेतामार्फत विभागका महानिर्देशक रूपनारायण भट्टराई र अनुसन्धान आबद्ध कर्मचारीलाई दबाब दिन थालेको स्रोत बताउँछ । अनुसन्धानमा उनले असहयोग गरिराखे पक्राउ गरेरै अघि बढ्ने विभागको तयारी छ ।

अर्यालमाथि गत वर्ष नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीमुद्दा दायर भइसकेको छ । सरकारले तोकेभन्दा धेरै असुलेको पैसा फिर्ता दिन नमागेपछि प्रवीण गौतमलगायत ५४ जना विद्यार्थीले उनीविरुद्ध जाहेरी दिएका थिए । एक करोड ७३ लाख ५७ हजार तीन सय २२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएकोमा उनी फरार भएका थिए । पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । जिल्ला अदालतमा उनको मुद्दा विचाराधीन छ । त्यसपछि पनि उनको मेडिकल कलेजको ठगी रोकिएको छैन । यो वर्ष पनि धेरै शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

प्रधानमन्त्रीकै सहमतिमा विद्यार्थी ठग्ने सबै मेडिकल कलेजमाथि छानबिन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले प्रधानमन्त्रीको अनुमतिमा मात्र कुनै पनि छानबिनलाई विस्तृत अनुसन्धानमा लैजाने गर्दछ । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा सबै मेडिकल कलेजमाथि विभागले छानबिन थालेको हो ।

विभागले जानकीबाहेक सबै निजी मेडिकल कलेजका सञ्चालकमाथि छानबिन गरिरहेको छ । जसमध्ये चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालकमाथिको छानबिनलाई प्राथमिकता दिएको छ । ती मेडिकल कलेजले विद्यार्थीलाई धेरै ठगी गरेको उजुरीका आधारमा प्राथमिकता दिइएको विभागले जनाएको छ । सबै मेडिकल कलेजमाथि छुट्टाछुट्टै छानबिन टिम बनाएर अनुसन्धान भइरहेको छ । अर्यालमाथि प्रहरी उपरीक्षक कमल थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक छानबिनमा गण्डकी मेडिकल कलेजले पछिल्लो तीन वर्षमा सबैभन्दा धेरै ४२ करोड पाँच लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, उनकै लगानी रहेको ३२ करोड ७२ लाख ठगी गरेको पाइएको थियो । केन्द्रले ती मेडिकल कलेजका सञ्चालकमाथि सम्पत्ति छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही प्रतिवेदनलाई समेत आधार बनाएर विभागले छानबिन अघि बढाएको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending