Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने ताइवानको चेतावनी

एजेन्सी । ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले वास्तविकताको सामना गर्न तथा ताइवानप्रति सम्मान दर्शाउनू आवश्यक रहेको बीबीसीलाई बताएकी छन् ।

बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन्।

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ ।

उसले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ ।

राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शङ्का अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको बताइन् ।

निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले भनिन्, हामीले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक छैन।

हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौँ, उनले थपिन्।

यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले एक चीन नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो।

उनको दल चिनियाँ गृहयुद्धमा पराजित राष्ट्रवादीहरूद्वारा गठित पार्टी हो जसलाई चीनबाट भागेर ताइवान पुगेकाहरूले गठन गरेका थिए।

उनीहरूले ताइवानलाई बृहत्तर चीनको एउटा हिस्साका रूपमा हेर्दै आएका छन्।

बेइजिङले आर्थिक सम्बन्ध निर्माणका लागि ताइवानले चिनियाँ सार्वभौमसत्तालाई स्वीकार्नु पूर्वशर्तको रूपमा रहेकोमा जोड दिँदै आएको छ।

तर यो कुरा स्पष्ट छ कि साइलाई आफ्नो जितले एक चीन नीतिप्रति मानिसहरूको न्यून लगाएको रहेको देखाएको विश्वास छ।

\'स्थितिमा अहिले परिवर्तन आएको छ,\' उनले भनिन्, \'ताइवानको हैसियत बारेको बेइजिङको अस्पष्ट नीतिले उसको स्वार्थलाई फाइदा पुर्‍याउँदैन।\'

उनले भनेकी छन्, \'चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो साबित हुनेछ।\'

र, चीन पनि एकदमै बदलिसकेको राष्ट्रपति साइको विश्वास छ।

अन्तर्वार्ताका क्रममा उनले हङ्‌कङमा जारी तनावबारे पनि चर्चा गरिन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending