Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

शेयर कारोबार : २६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ ।

लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २६ अङ्कको सुधार भई एक हजार ३१०.२३ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत ३.९० ले वृद्धि भई २८२.८७ मा पुगेको छ । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयर रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भएको छ ।

यस साता बजारले नयाँ उचाइ प्राप्त गरेको कारोबार रकमबाट पनि पुष्टि भएको छ । बीमा समूहमा देखिएको सकारात्मक प्रभावका कारण बजारले गति समातेको देखिन्छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह १.७ ले ओरालो लाग्दा बैंकिङ १९.३८, व्यापार २८.५९, होटल ७४.५५, विकास बैंक ४१.८४, जलविद्युत् ७.९७, वित्त २६.५५, निर्जीवन बीमा १२५.७१,उत्पादन ९७.३१, लघुवित्त ७६.१८, जीवन बीमा २४२.५८ र सामूहिक लगानी कोष ०.३२ ले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ३८ लाख ९९ हजार ६३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै शिवम् सिमेन्ट रु १३ करोड ५९ लाख ६० हजार २०२, एनआइसी एशिया बैंक रु छ करोड ८३ लाख १६ हजार ८१६, प्रभु बैंक रु चार करोड ८६ लाख ५७ हजार ८०७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ७८ लाख १८ हजार ५५, नेपाल बैंक रु चार करोड २६ लाख ७० हजार ४९४, कुमारी बैंक रु चार करोड दुई लाख २७ हजार ४३६ र प्राइम बैंक रु तीन करोड ८६ लाख ५५ हजार ६४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नबिल प्रगति फण्ड, मल्टिपर्पोज फाइनान्स कम्पनी आइसिएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, तिनाऊँ मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स ९.९४, आशा लघुवित्त वित्तीय संस्था ९.९३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.९२ र लक्षमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाए ।

त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २.६८, अरुण काबेली पावर २.१५, नेशनल हाइड्रोपावर १.८५, सानिमा बैंकको ऋणपत्र १.८३, लक्ष्मी इक्विटी फण्ड १.८१, गुर्खाज फाइनान्सका शेयरधनीले १.६१ प्रतिशतले गुमाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending