काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणअन्तर्गत विपद् पूर्वतयारी र कार्ययोजना निर्माणको काम सम्पन्न भइसकेको छ। विगतका विपद्का घटनाको अध्ययन तथा विश्लेषणका आधारमा कार्ययोजना परिमार्जन गरिएको छ भने जंगी अड्डादेखि तल्लो तहका सैन्य इकाइसम्म ‘हातेमालो’ लगायत संयुक्त अभ्यास सञ्चालन गरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।
दोस्रो चरणमा आवश्यक जनशक्ति र स्रोतसाधनको पूर्वतैनाथीलाई तीव्र बनाइएको सेनाले जनाएको छ। गण र गुल्म तहमा तत्काल परिचालन हुन सक्ने फौज तयारी अवस्थामा राखिएको छ भने पृतना तहमा राहत सामग्रीसहितको ‘कम्पोजिट सर्च एन्ड रेस्क्यु’ टोली पनि स्ट्यान्डबाई राखिएको छ।
सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बारामा बेली ब्रिज तयारी अवस्थामा राखिएको छ। काठमाडौंमा यान्त्रिक पुल तथा आपत्कालीन स्वास्थ्य सेवाका लागि इमर्जेन्सी मेडिकल किटसहित फिल्ड अस्पतालसमेत तयारी अवस्थामा रहेको प्रवक्ता बस्नेतले जानकारी दिए।
हवाई उद्धारका लागि इटहरी र सुर्खेतमा हेलिकप्टर तैनाथ गरिसकिएको छ। मौसमको अवस्थाअनुसार तत्काल परिचालन गर्न सकिने गरी काठमाडौंमा थप दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। साथै विभिन्न विमानस्थलमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। हालै बागमती ड्याम क्षेत्रमा हवाई उद्धारसम्बन्धी विशेष अभ्यास पनि सम्पन्न गरिएको सेनाले जनाएको छ।
तेस्रो चरणअन्तर्गत सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरी स्वयंसेवक तयार पारिएको प्रवक्ता बस्नेतले बताए। ती स्वयंसेवक तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाइने उनले उल्लेख गरे।
नेपाली सेनाले सर्वसाधारणलाई नेपाल सरकारले जारी गर्ने मौसम पूर्वानुमान नियमित रूपमा पालना गर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै विपद्को घटना भएमा तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी कार्यालय वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन पनि अपिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: