Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

भ्रमण वर्षले पर्यटनमा हौसला बढायाे : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न थप सहयोग पुगेको उल्लेख गरे।

मन्त्री भट्टराईले भ्रमण वर्षका दौरानमा नेपालको पूर्वाधार तथा सेवाका सन्दर्भमा नकारात्मकभन्दा सकारात्मक पक्षलाई जोड दिन आग्रह गर्दै पर्यटकीय पूर्वाधार विस्तारसँगै सेवाको स्तरीकरणमा विशेष ध्यान दिइने बताए । उनले पर्यटनलाई देशका हरेक कुनासम्म जोड्न देशभरका ५३ वटै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गरिने बताए ।

एक वर्षभित्र दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने र मुलुकको उड्डयन क्षेत्रमा सहजता आउने उनको भनाइ छ । उहाँले आगामी मे महिनासम्म निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउने र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल एक वर्षभित्रै सञ्चालन गर्ने गरी निर्माण कार्य तीव्र पारिएको जानकारी दिए ।

नेपालमा पर्यटकको सुरक्षामा कुनै कमजोरी नरहेको बताउँदै मन्त्री भट्टराईले सशस्त्र द्वन्द्वका बेलामा समेत पर्यटकले सुरक्षा चुनौती बेहोर्नु नपरेको स्मरण गराउँदै हल्लाको पछि नलाग्न आग्रह गरे । पर्यटकको सहजताका लागि बालाजुमा पर्यटक बसपार्क निर्माणको तयारी गरिएको तथा सन् २०२० भित्रै पोखरामा पर्यटक बसपार्क सञ्चालनमा ल्याउने योजना सुनाए ।

सन् २०२० देखि २०३० सम्म पर्यटकको दशकका रुपमा मनाएर अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो । नाट्टाको अध्यक्षका प्रत्यासी भीमप्रसाद पन्तका अनुसार जारी साधारणसभामा अहिले बन्द शत्र चलिरहेको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत पश्चात निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE