Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

व्यक्तिगत जग्गा सम्याउदा प्रसारण लाइनको टावर जोखिममा

काठमाडौं । व्यक्तिगत व्यवसाय विस्तारका लागि जग्गा सम्याउदा सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुगे त्यसले पार्ने प्रभाव कति विकराल होला, आम मानिसले सहजै अनुमान गर्न सक्छन् । यस्तै भएको छ मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारणलाइनमा । सो प्रसारणलाइनको २०५ नम्बर टावर पहिरोको जोखिममा परी ढल्ने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५को कुरिनटारस्थित मनकामना केबलकार जानेद्वार नजिकै रहेको एक स्थानीयवासीले जग्गा सम्याउनका लागि खन्दा टावर ढल्ने अवस्थामा पुगेको हो । स्थानीय जग्गाधनी परशुराम घिमिरेले पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा होटल खोल्न भिरालो जग्गा सम्याउदा पहिरो गएको छ ।

पहिरो कारण त्यसभन्दा माथि रहेको टावरको जगमा असर परी टावर नै ढल्ने जोखिमयुक्त अवस्थामा पुगेको छ । मस्र्याङ्दी नदी बेसिनमा हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको करीब १०० मेगावाट विद्युत् मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौंँमा आपूर्ति भइरहेको छ ।

पहिरोका कारण टावर ढलेमा काठमाडौँ उपत्यकामा एकातर्फ मागअनुसार विद्युत् आपूर्ति गर्न नसकी बाध्यकारी रुपमा विद्युत् कटौती हुनसक्ने अवस्था आउन सक्ने तथा उत्पादित विद्युत् प्रवाह नहुँदा खेर फाल्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त टावरमा समस्या देखिएको जानकारी दिए । उनले टावर ढल्ने जोखिम बढेर गएकाले सुरक्षात्मक उपाय नअपनाइ खन्ने कार्य बन्द गर्न स्थानीय जग्गाधनीलाई आग्रह गरेकोसमेत बताए ।

“भिरालो जमिनमा खन्दा पहिरो गइरहेको छ, त्यसलाई रोक्न सुरक्षात्मक उपाय अपनाइएको छैन, पानी पर्नासाथ पहिरो जाने र टावर नै ढल्नसक्ने अवस्था देखिएको छ”, उनले भने, “मैले जग्गाधनीलाई टावर ढलेर त्यसबाट उत्पन्न हुने हानी नोक्सानीको जिम्मेवारी तपाईंले नै लिनुपर्ने छ, टावर सार्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्नुपर्ने जानकारी गराएको छु ।”

आफूसँग जग्गाधनी घिमिरेले त्यस्तो अवस्था आउला भनेर नसोचेको बताएको उनले जानकारी दिए । प्राधिकरणले गत वर्षको पुसमा नै घिमिरेलाई पत्राचार गर्दै जग्गा खन्दा टावर ढल्ने सम्भावना रहेकाले टावरलाई असरपर्ने कार्य रोक्न र सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको थियो । तर, खन्ने कार्य नरोकिएको र सुरक्षात्मक उपाय पनि नअपनाइकाले टावर झनै जोखिममा परेको हो ।

प्राधिकरणले आज पुनः पत्र पठाउँदै गतवर्ष गरिएको पत्राचार विपरीत खन्ने कार्य जारी राख्दा र सुरक्षात्मक कदम नचाल्दा टावर ढल्ने जोखिम बढेकाले तत्काल खन्ने कार्य रोकी सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ । “करीब १०० मेगावाट पावर आपूर्ति भइरहेको मुलुकको राजधानी केन्द्रित उक्त प्रसारणलाइनमा अवरोध उत्पन्न भएमा त्यसले ठूलो क्षति निम्त्याउन सक्ने र तपाईंबाट सिर्जित अवस्थाको जिम्मेवार तपाईं स्वयं हुने व्यहोरा पुनःस्मरण गराउँदै यथाशीघ्र सुरक्षात्मककार्य सम्पन्न गर्न गराउन जानकारी गराइन्छ ”, प्राधिकरणले जग्गाधनी घिमिरेलाई लेखेको पत्रमा उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE