अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।
तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले पनि सो भनाइ सत्य नरहेको बताएका छन् ।
घाज्नीमा सोमबार दुर्घटनामा परेको विमान अमेरिकी यात्रुबाहक विमान थियो वा सैनिक विमान भन्ने बारेमा भने कुनै जानकारी दिइएको थिएन ।
अफगानिस्तानको स्थानीय समयानुसार सोमबार दिउसो १ बजेर १० मिनेट जाँदा घाज्नी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी गराएका छन् ।
अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मङ्गलबार ट्वीट गर्दै तालिबान संगठनका लडाकूहरुले सोमबार घाज्नी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन् ।
उनले आफ्नो संगठनका प्राविधिक लडाकूहरुले क्षेप्यास्त्रका माध्यमबाट सो विमान खसालेको बताएका छन् । उनले भने उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरु रहेका बताएका छन् ।
सो विमानमा ती सबै अधिकारीहरु मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिएका छन् । उनले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारीहरु मारिएका छन् र उनीहरुको शव विमान खसेको वरपर छरिएर रहेका छन् भनी ट्वीटरमा लेखेका छन् ।
तर पनि उनको सो भनाइको अमेरिकाले भने खण्डन गरेको छ । सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिबानहरुले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरुको भनाई छ ।
अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताए ।
उनले उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ तर पनि तालिबान या अरु कुनै पनि बाह्य कारणले खसालिएको भनी गरिएका दाबीहरुमा कुनै सत्यता छैन– उनले बताएका छन् ।
सोमबार नै सो दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको स्थानीयले बताएका थिए । उनीहरुले विमानको आगो निभाउने प्रयास गरिरहेको पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिएको थियो ।
गजनी अफगानिस्तानको पूर्वी प्रान्त हो । उक्त प्रान्तमा तालिवान विद्रोहीको प्रभाव रही आएको छ । सोमबार केही विदेशी सञ्चारले विद्रोहीको प्रभाव बढी रहेका कारण उक्त क्षेत्रमा पुग्न सुरक्षा अधिकारीलाई पनि कठिनाई भएको बताइएको थियो ।
द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान र त्यसको सुरक्षा पनि विशेष किसीमको हुने गर्दछ भनिन्छ । भौगोलिक विकटताका कारण यहाँ धेरै दुर्घटनाहरु हुने गरेको पनि पाइन्छ ।
अफगानिस्तानमा सन् २०१० मा पामिर एयरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो ।
विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । त्यसयता पनि यहाँ साना विमानहरु र हेलिकोप्टरहरु दुर्घटनाग्रस्त भएका छन् ।
यस पटकको यस विमानमा भएको क्षतिको बारेमा केही बताइएको छैन । सुरक्षा अधिकारीहरुले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: