Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कुमारीत्व उपचार के हो र किन गरिन्छ ? महिलालाइ लाज र सजाय भोग्नुपर्ने डर

एजेन्सी । यूकेमा अभियानकर्मीहरूले \'कुमारीत्व उपचार\'लाई सरकारले गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका छन्।

उनीहरूका अनुसार त्यस्तो शल्यक्रिया गर्ने महिला प्रायस् मुस्लिम समुदायका हुने र तिनले पति वा परिवारले विवाहअघि नै यौनसम्पर्क गरेको थाहा पाए आफू बहिष्कृत हुने वा मारिने डरले त्यस्तो गर्ने बताउने गरेका छन्।

हाइमनोप्ल्यास्टी भनिने योनीद्वारमा रहने झिल्लीलाई पुरानै अवस्थामा फर्काउने शल्यक्रियालाई कुमारीत्व उपचार भन्ने गरिएको छ।

छेदन नभएको झिल्लीलाई कुमारीत्वको चिह्न मान्ने गरिएको छ र कतिपय महिला विवाहको पहिलो रात आफू कुमारी रहेको प्रमाणित गर्ने दबावमा हुन्छन्।

अभियानकर्मीहरूले स्वास्थ्यको दृष्टिकोणले लाभप्रद नभएको यो प्रक्रियाले महिलामाथि शोषण हुने गरेको बताएका छन्।

तर प्रतिबन्ध लगाइँदा अवैधाधिक रूपमा यो विधिले निरन्तरता पाउने डर छ। यूकेको स्वास्थ्य निर्देशिकाका अनुसार यदि डर वा दबावका कारण महिलाले त्यस्तो उपचार गर्न लागेका हुन् भने तिनले दिएको सहमतिमाथि प्रश्न उठाउनुपर्छ।

डरको जीवन
मिडल इस्टर्न विमन एन्ड सोसाइटी अर्गनाइजेशनकी संस्थापक हालाले ताहिरीले मोरक्कोकी एक छात्रा बाबुले हत्या गर्न खोजेको सूचना पाएर आफू लुकेर हिँडिरहेको बताउँछिन्।

\"मुस्लिम

सन् २०१४ मा यूके आएकी ती २६ वर्षीया महिलाले एउटा पुरुष भेटेको र उनीहरू बीच यौनसम्बन्ध भएको बताइएको छ।

तर उनका बाबुले त्यो कुरा थाहा पाएपछि उनलाई मोरक्को फिर्ता बोलाइएको र त्यहाँ उनको कुमारीत्वको परीक्षण गरिएको बताइन्छ।

त्यहाँबाट भागेर लन्डन आएको भए पनि उनी लुकीलुकी जीवन व्यतीत गरिरहेकी छन्।

मोरक्कोमा जन्मिएकी एक ४० वर्षीया सहायक शिक्षिकाले आफूलाई २०-२२ वर्षको उमेरमा कुमारीत्व जाँच्न बाध्य पारिएको स्मरण गर्दै आफ्ना छोरीहरूलाई त्यस्तो गराउने सोच्न पनि नसक्ने बताएकी छन्।

\'म कहिले पनि कुनै पनि हालतमा उनीहरूलाई त्यस्तो गर्न लगाउने छैन। म उनीहरूलाई स्वतन्त्र हुन सिकाउँछु।\'

विवाहको पहिलो रात
यूकेमा अहिले कम्तीमा २२ निजी क्लिनिकमा त्यस्तो शल्यक्रिया गरिने द सन्डे टाइम्स पत्रिकाको एउटा अनुसन्धानले देखाएको छ।

\"स्त्रीरोग

एक घन्टा लाग्ने सो शल्यक्रियाका लागि ३,००० पाउन्डसम्म शुल्क लिने देखिएको छ।

विवाहको पहिलो रात आफूलाई चोखो प्रमाणित गर्नुपर्ने मुस्लिम महिलाहरूको डरबाट त्यस्ता क्लिनिकले फाइदा लिइरहेको महिला अधिकारकर्मीहरूले बताएका छन्।

धेरै क्लिनिकले आफ्नो वेबसाइटमा त्यसको विज्ञापन पनि गर्छन्। लन्डनको एउटा क्लिनिकले महिलालाई पतिले पत्नीको कुमारीत्व भङ्ग भइसकेको थाहा पाउँदा विवाह भङ्ग भएको पनि बताउने गरेका छ।

बीबीसीले सो क्लिनिकलाई सम्पर्क गरेको भएको पनि कुनै प्रतिक्रिया पाएको छैन।

भयानक अभ्यास
यूकेका स्वास्थ्यमन्त्री म्याट हान्ककले यो भयानक अभ्यास अन्त्य गर्न अनुसन्धान गर्ने बताएका छन्। तर स्वास्थ्य मन्त्रालयले कसरी सम्भावित प्रतिबन्ध लागु हुन्छ भन्ने बारे बताएको छैन।

\"शल्यक्रिया\"/

ताहिरी भन्छन्, \'प्रतिबन्ध यदि सही तरिकाले लगाइएन भने महिलाहरूको ज्यान जान सक्छ।\'

तर प्रतिबन्ध उपयुक्त नभएको धारणा लन्डन स्कूल अफ मेडिसिनका डा. खालिद खानको छ।

उनका अनुसार महिलाहरूलाई यस विषयमा जानकारी दिनुपर्छ र निर्णय गर्न उनीहरूलाई नै छोडिदिनुपर्छ । मलाई लाग्छ चिकित्सकहरूको उद्देश्य महिलाहरूलाई दुर्व्यवहारबाट बचाउने हो,\' उनले थपे।

मनोवैज्ञानिक सहयोग
तर ब्रिटिश सोसाइटी अफ पेडियाट्रिक एन्ड एडलेसन्ट गाइनकोलजीका अध्यक्ष डा। नाअमी क्रोचलाई स्वास्थ्यसम्बन्धी फाइदा केही नभएको प्रक्रिया अपनाउन महिलासँग बलजफ्ती हुन सक्ने चिन्ता व्यक्त गर्छिन्।

\"कुराकानी\"/

\'चिकित्सकको जिम्मेवारी निर्देशिकामा भनिएको कुरा स्पष्ट पार्नु हो,\' उनले भनिन्।

\'हामीले उपचार गरिने व्यक्तिलाई कुनै पनि प्रकारको हानि नपुर्‍याउने शपथ लिएका हुन्छौँ।\'

योनी राम्रो बनाउने अन्य प्रकारका शल्यक्रिया पनि चर्चित बनिरहेका छन्। उदाहरणका लागि लेबियाप्ल्यास्टीमा योनीको बाहिरी आकारलाई मिलाइन्छ।

अभियानकर्मीहरू यस्ता प्रक्रियाका दीर्घकालीन असरबारे र महिलाहरूलाई प्रक्रिया अगाडि आवश्यक मनोवैज्ञानिक सहायता नभएकाले चिन्तित छन्।

ताहिरी भन्छिन्, \'यी महिलाहरूले कुनै अवस्थामा आफूलाई मानवका रूपमा भन्दा पनि अरूले चाहेको वस्तुको रूपमा देख्छन्।\' मुस्लिम महिलाका लागि लाजको भावना र सजाय भोग्नुपर्ने डरले यस्तो प्रक्रियामा सहभागी हुने कारक बन्छ।\'

\'अन्यका लागि समाजले तोकेको कुरामा आफ्नो शरीरसँग असन्तुष्टि कारक हुन्छ।\'

बीबीसी नेपालीबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies