Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

नेकपा बैठक : तीन स्थानमा समूहगत छलफलसहित साक्षात्कार हुँदै

काठमाडौं । “बाटामा भेट्दा एकअर्कालाई नचिन्ने अवस्था नहोस्, आपसमा हात मिलाइयोस् र अभिवादन साटासाट होस् भनेर बैठकमा सहभागीबीच खुलेर कुराकानी गर्न थालेका छौँ”, पार्टी एकताको लामो अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आपसी अन्तरघुलनबारे केन्द्रीय सदस्य मनकुमारी केसी भन्छिन्, “एकतापछि ठूलो पार्टी भएको छ, हामी विकास र समृद्धिसँगै पार्टीलाई जनस्तरसम्म पु¥याउन देशव्यापी अभियानको तयारीमा छौँ, अभियानमा जानुपूर्व केन्द्रीय नेतृत्वका लागि यो बैठक एक ऐतिहासिक अवसर हो, हामी हाम्रो काँधमा रहेको जिम्मवारी बहन गरी बैठकलाई सफल बनाउन लागेका छौँ ।”

बुधबारदेखि शुरु भएको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आज समूहगत छलफल शुरु भएको छ । विभिन्न १५ समूहमा विभाजित समूह काठमाडौँको राष्ट्रियसभागृह, धूम्रबाराही र पेरिसडाँडाका कार्यालयमा छलफलमा व्यस्त छन् । बैठकमा पार्टी र सरकारको सम्बन्ध, राष्ट्रिय, अन्तर्राष्ट्रिय सवाल, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुमोदन, सीमा विवादलगायत विषय मुख्य सवाल छन् ।

पेरिसडाँडास्थित समूहमा रहेकी केन्द्रीय सदस्य गरिमा साहले एकतापछि आफूहरु घुलमिल हुनेक्रम बढेको जनाउँदै बैठकमा प्रस्तुत कार्यसूचीमा गहनताका साथ छलफल जारी रहेको बताइन्। उनले समावेशी सिद्धान्तअनुसार महिलालाई पार्टीको सचिवालय र स्थायी कमिटीका राख्नुपर्ने, पार्टीमा माथिल्लो कमिटीको हस्तक्षेप कम हुनुपर्ने मत राखेको बताइन् ।

समूह छलफलमा रहेका केन्द्रीय सदस्य यदुवंश झाले शीर्ष नेता र केन्द्रीय सदस्यबीच एकतपछिको २० महिनापछि साक्षात्कार हुन पाएका उल्लेख गर्दै पार्टीलाई तराई–मधेशमा समेत आगामी दिनमा थप प्रभावकारी बनाउन यो बैठक सार्थक हुने अपेक्षा गरे । उनले राजनीतिक नियुक्ति गर्दा पुराना र त्यागी कार्याकर्ता पाखा लगाएर नयाँ र अवसरवादीलाई स्थान दिइएको गुनासो गरे ।

केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरी टोली नेतामार्फत् शुक्रबार र शनिबारको बैठकमा प्रस्तुत गर्नेछन् । वर्णानुक्रमअनुसार विभाजन गरिएका ४४१ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गरिरहेको राष्ट्रियसभा गृहस्थितको समूहमा सहभागी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । समूहले आफ्नो टोली नेता आफैँ चयन गरेर छलफल शुरु गरेको अर्का स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

नेता विश्वकर्माले प्रतिवेदनमाथि प्रारम्भिक छलफल शुरु गरिएको जनाउँदै प्रतिवेदनमा छुटेका विषयमा आफूहरुले रास दिने उल्लेख गरे । टोली नेतालाई २०/२० मिनेट प्रतिवेदनमा पेश गर्न समय दिइएको छ । बैठक सोमबारसम्म सञ्चालन हुनेछ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकताको महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्य तालिका छ ।

प्रकाश सिलवाल/शरद शर्मा, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE