Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

विप्लवमा डरलाग्दो कमाउ धन्दा, होटल र कलेजबाटै करोडाै‌ं चन्दा, विप्लवका पत्रकार भन्छन्, ‘चन्दामा कुरा नमिले सफाया हुन्छ !’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा कमाउ धन्दा डरलाग्दो गरि फैलिएको छ । जसको सार्वजनिक विप्लव निकटको पत्रकार संगठन जनपत्रकार संगठन नेपालका नेता ओम हमालले गरेका छन् । उनले आफ्नो फेसबुक एकाउण्टमार्फत पत्रकार संगठनकै अध्यक्ष प्रकाश डुम्रेसँगको फोन कुराकानी सार्वजनिक गर्दै विप्लवभित्रको कमाउ धन्दा बाहिर ल्याएका हुन् ।

सार्वजनिक भएअनुसार विप्लवका नेताहरुले करोडौं चन्दा चर्चित उद्योग, होटेल, कलेज तथा सरकारी कार्यालयबाट उठाएका छन् । जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताएअनुसार अन्नपूर्णं होटलबाट ७५ लाख, भक्तपुर इञ्जिनिरिङ्ग कलेजबाट ८५ लाख, आयल निगमबाट ५२ लाख र अन्यबाट लाखौं रुपैयाँ चन्दा स्वरुप विभिन्न नेताहरुले उठाएका छन् । उनले जनाएअनुसार ति उठाएको रकम नेता आँफुैले लिएको पनि कुरा खुलाएका छन् ।

पत्रकार संगठनकै अर्का नेता ओमहमालसँग गरेको कुराकानीमा उनले भनेका छन्, ‘अन्नपूर्ण होटलको ७५ लाख रुपैयाँ खै ? भक्तपुर इञ्जिनियरिङ्ग कलेजबाट ल्याएको ८५ लाख रुपैयाँ खै ? यो बारेमा छलफल नहुने, आयल निगमबाट सुदर्शन सरको कार्यालय सचिव गएर ५२ लाख रुपैयाँ ल्याए त्यो अहिले पार्टीको हेडक्वाटरमै पुगेको छैन् । अर्थ विभागमा पनि पुगेको छैन् ।’

उनले होटल अन्नपूर्णबाट पटक–पटक गरि ७५ लाख लिएको बताएका छन् । ‘होटल अन्नपूर्णबाट ३० लाख मिलाइदिन्छु भनेर पार्टीका २ जना सीसीएमहरु मिलेर ७५ लाख रुपैयाँ ल्याएका छन्, ल्याएको किस्ता, मिति र प्रमाण पनि मसँग छ, एक पटक ५० लाख, एक पटक १५ लाख र एक पटक १० लाख गरेर ५० लाख ल्याएको प्रमाण छ’, डुम्रेले फोन संवादमा भनेका छन् । यस्तै उनले फोनमा भक्तपुर इञ्जिनिरिङ्ग कलेजबाट मात्रै ८५ लाख पार्टीले लगेको बताएका छन् ।

निजी मेडिकल कलेजविरुद्धको आन्दोलनबाट पनि कमाउ

प्रकाश डुम्रेले विप्लव पुत्र प्रकाश चन्दले निजी मेडिकल कलेजविरुद्ध आन्दोलन छेडिंरहँदा पार्टीकै नेता चिरञ्जीवि ढकालले कलेज सञ्चालकबाट २० लाख लगेको कुरा खुलासा गरेका छन् । उनले जनाएअनुसार २० लाख रुपैयाँ आन्दोलन मिलाउने नाउँमा लगिएको थियो ।

१/२ लाख चन्दा उठानेलाई सफाया !

उनले हमालसँगको कुराकानीमा डरलाग्दो विषय पनि सार्वजनिक गरेका छन् । उनले जनाएअनुसार पार्टीभित्र करोड चन्दा उठाउने संरक्षण रहने र अनि लाख उठाउने सफायामा पर्ने स्थिति पनि आएको बताएका छन् ।

डुम्रेले फोनमा हमाललाई पार्टी नीति यहि हो ? भन्दै प्रश्न गरेका छन्, ‘करोडपतिहरु पार्टीको संरक्षणमा, ५० लाखहरु पार्टीको माया ममतामा, २५ लाखहरुसँग सहकार्य, १/२ लाख रुपैयाँ वालालाई कारबाही निलम्बन, निष्कासन, भौतिक कारबाही, सफाया ! पार्टीको नीति यहि हो ?’

उनले करोडवालासँग महासचिव विप्लव पनि नबोल्ने, प्रवक्ता पनि नबाल्ने गरेको बताएका छन् । उने भनेका छन्, ‘७५ लाखवालाहरु विरुद्धमा कोही बोल्दैन् । न महासचिव बोल्छन् न प्रवक्ता बोल्छन् । ८५ लाख/५२ लाखवालाहरु कोही बोल्दैनन् ।’

उनले भीम चापागाईं १ करोड १८ लाख रुपैयाँसहित आफ्नै कोठाबाट समातिँदा पनि कसैले कारबाही नगरेको पनि बताएका छन् । उनले भनेका छन्, “भीम चापागाईं १ करोड १८ लाख रुपैयाँ क्याससहित त्यो पनि आफ्नो कोठाबाट ! झोलामा चाहीँ ५० लाख, खाटको मुनिपट्टी ५० लाख, १८ लाख गोजीमा सहित मान्छे समातियो । कहाँबाट ल्यायो त्यो पैसा ?”

पार्टीबाट न्याय हुँदैन् : डुम्रे

डुम्रेले जनपत्रकार संगठनका अर्का नेता ओम हमालसँग पार्टीबाट न्यायको आशा मरेको बताएका छन् । आर्थिक हिनामिनाको आरोपमा कारबाही भोगीरहेका उनले जताततैबाट सिध्याउन खोजिएको बताएका छन् ।

उनले भनेका छन्,‘ पार्टीमा न्याय पाउने त आशै सकियो । अन्यायमा पर्दा पनि न्याय र अन्यायको विभाजन भएन । पार्टीमा न्याय पाइएला भन्ने त च्याप्टर नै सकियो ओम जि ! मलाई लाग्दैन त्यो । वैज्ञानिक समाजवादमा न्याय पाईन्छ भन्ने त पटक्कै लाग्न छोडेको छ ।’

यस्तो छ डुम्रे र हमालबीचको फोन संवाद

https://www.youtube.com/watch?v=UyrOC0tRVNU
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE