चीन । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्वन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगले विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
उनीहरुका अनुसार अरु १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशंकामा परिक्षण गरिएको छ । उनीहरुको परिक्षणको नतिजा भने आइ नसकेको अधिकारीहरुले जनाएका छन् ।
विरामी भएका मध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ ।आयोगका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परिक्षण भइरहेको छ । त्यसैगरी शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, ती मध्ये ४५ जना हुवेइ प्रान्तमा र एक जना चोङक्वीङ नगरपालिकामा मृत्यु भएको हो ।
स्वास्थ्य अधिकारीहरुले शुक्रबार २ सय ६८ जना गम्भीर विरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् । चीनकोे मध्य क्षेत्रमा पर्ने उहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ ।
भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले आपतकालीन अवस्थाको घोषणा गरेको छ भने, विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाई गरेका छन् । संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परिक्षण गर्ने गरेका छन् ।सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: