Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र होइन : मन्त्री भट्टराई

काठमाडौं । सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताए।

कोरोना भाइसरको सम्भावित प्रकोपको जोखिम नियन्त्रणका लागि के–कस्ता उपाय अपनाउने भन्ने सन्दर्भमा आज सरोकारवाला निकायसँगको छलफलका क्रममा उहाँले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताए । जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सञ्चालन गरिएको उनले जानकारी दिए।

उनले भने, “नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र होइन, तर पनि चीनसँग सम्पर्क जोडिएको हुनाले सतर्कताचाहिँ अपनाउनै पर्छ, त्यसैले उच्च जोखिममा छैन तर उच्च सतर्कता अपनाएका छौँ, अन्तरमन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको छ ।” कोरोना भाइसरको हल्ला चलेपछि सरकारले एक सातादेखि यसले पार्न सक्ने असरका सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ ।

यही माघ १२ गते प्रधानमन्त्रीको उपस्थितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र तत्सम्बन्धित मन्त्रालयका सचिव, विभाग र महाशाखाका प्रमुखको बैठकले चीनमा फैलिएको नोभेल कोरोना भाइरस र सोले नेपालमा पार्न सक्ने असरका सम्बन्धमा छलफल गरेको थियो ।

अहिले स्वास्थ्यमन्त्रीको अध्यक्षतामा अन्तरमन्त्रालयका प्रतिनिधि रहने उच्चस्तरीय समिति र स्वास्थ्य सचिवको अध्यक्षमा उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने जिम्मेवार पर्यटनमन्त्री भट्टराईले पनि आफ्नो सक्रियता बढाएका छन्। पर्यटन क्षेत्रमा कोरोना भाइरसको नकारात्मक प्रभाव नपरोस् र सही सूचना सम्प्रेषण होस् भन्ने सरकार एवं सरोकारवाला व्यवसायीको धारणा छ ।

पछिल्ला दिनमा सञ्चारमाध्यममा कोरोना भाइरसबारे नेपालका सन्दर्भमा आइरहेका विभिन्न समाग्रीले व्यवसायमा एक प्रकारका त्रास उत्पन्न गराएको भन्दै सम्बन्धित विषयमा संवेदनशील भएर सन्देश प्रकाशन प्रसारण गर्न पनि पर्यटनमन्त्रीले आम सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

उनले नेपालमा बेलाखबत यस्ता जोखिम र सङ्कट निम्तने गरेको र विसं २०७२ को गोरखा भूकम्पका बेला पनि सञ्चार संवेदनशीलताप्रति नेपाली सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको सराहना गर्दै अहिलेको परिस्थितिमा पनि सोही किसिमको भूमिका निर्वाह गर्न आग्रह पनि गरे । चीनमा फैलदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जान्छ । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा झण्डै डेढदेखि दुई लाख पर्यटक आउने गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE