Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण

काठमाडौँ । आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वोच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका थिए ।

उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए। विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उनी सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व छन् । महासङ्घको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले उनलाई सो पदमा निर्वाचित गरेको थियो । उनले प्राप्त गर्नुभएको मत सार्वजानिक नगरिए पनि हालसम्मको सर्वाधिक दुईतिहाइ मत प्राप्त गरेको जनाइएको छ । बोर्डमा विश्वका शक्तिशाली २९ देश रहन्छन् ।

सो पदमा एक वर्ष अगाडिदेखि छनोट प्रक्रिया शरुआत हुने बताइन्छ । लिखित तथा मौखिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएकामध्ये विपद् व्यवस्थापनमा ज्ञान, सीप, दक्षता भएका एक जनालाई बोर्डले मतदान प्रक्रियाबाट सो पदमा छनोट गर्दछ । उनको चारवर्षे कार्यकाल १ फेब्रुअरी २०२० देखि औपचारिक शुरुआत भएको महासङ्घले आज जनाएको छ ।

विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको साझा संस्थाका रुपमा महासङ्घ रहेको छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९२ देशका रेडक्रस सोसाइटीको महासङ्घमा आबद्धता रहेको छ । युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करीब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पु¥याएको जनाइएको छ ।

हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन् । यसअघि महासङ्घको महासचिव पदमा इलाड सइ थिए । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा निवर्तमान महासचिव सइले महासङ्घले कुशल, अतियोग्य, क्षमतवान तथा नयाँ गतिशीलता प्रदान गर्ने महासचिवका रुपमा जगन चापागाईंलाई प्राप्त गरेको प्रतिक्रिया दिए।

पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उनको जन्म भएको थियो । आठ दाजुभाइ र दुई दिदीबहिनी भएको परिवारमा उनी हुर्किएका थिए । अहिले ५२ वर्षमा हिँडिरहेका छन् । उनले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाका यात्रा शुरुआत गरेका छन् ।

भारतबाट खानी ९माइनिङ० इञ्जिनीयरिङमा स्नातक अध्ययन गरेका उनले भुटानी शरणार्थी शिविरबाट महासङ्घको सेवामा उनी प्रवेश गरेका थिए । उनले सन् १९९६ जुनमा ताजकिस्तान र सन् २००३ देखि महासङ्घमा दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाए। सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका छन् ।

चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पु¥याउन उनले नै नेतृत्व प्रदान गरेका थिए । विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि उनी १४ गते काठमाडौँ आइ अन्तरराष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए । महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा निर्देशकको नियुक्ति दिएको थियो ।

उनी पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बन्नुभएको छ । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन् । यही अप्ठ्यारो, विपद्मा परेकालाई उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको” उहाँले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE