Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

योजना सम्झौता न्यून, १३ प्रतिशत मात्रै भुक्तानी

पाँचखाल । पाँचखाल नगरपालिकाले आर्थिक वर्षको छ महिनामा आधा योजना पनि सम्झौता गर्न सकेको छैन । नगरका विभिन्न कार्यपालिका बैठकबाट निर्णय भएका ३०१ विकासे योजनामध्ये आवको आधा वर्षमा १२५ योजना मात्रै सम्झौता हुन सकेका हुन् ।

आर्थिक वर्षको छ महिनामा करिब ५० प्रतिशत योजना सम्झौता हुनुपर्नेमा हाल करिब ४२ प्रतिशत मात्रै योजना सम्झौता भएको पाइएको छ । हालसम्म सम्झौता भएका योजनामध्ये ४१ योजना अर्थात् करिब १३ प्रतिशत योजनाको मात्रै भुक्तानी गरिएको नगरसभामा सार्वजनिक अर्धवार्षिक प्रगति विवरणमा उल्लेख गरिएको छ । सम्झौता प्रक्रियाको यही अभ्यास हुँदै जाने हो भने चालू आवमा सो नगरको योजना सम्पन्न हुनेमा आशङ्का पैदा हुन थालेको छ ।

नगरप्रमुख महेश खरेल नगरपालिका कार्यालयले सन्तोषजनक प्रगति भइरहेको बताउछन् । “हामीले कृषि नगरको नारालाई सार्थकता दिन औद्योगिक विकासका माध्यमले रोजगार प्रवद्र्धन गर्नेछौँ”, उनी भन्छन् । उनले कृषि, औद्योगिक तथा भेटेरीनरी कार्यक्रमबाट थप तीन हजार रोजगारी सिर्जना गर्ने योजना रहेको सुनाए ।

“हाम्रा योजना महत्वकाङ्क्षी भए पनि क्रमशः कार्यान्वयनको चरणमा जानेछौँ”, उनले भने । चालू आवको छ महिनामा केही कमै योजना सम्झौता भए पनि माघ महिनादेखि तीव्र गतिमा योजना सम्झौताको काम भएको उनले बताए । सङ्घ र प्रदेश सरकारको समन्वयमा जिल्लास्थित बिपी राजमार्ग र अरनिको राजमार्गसँग जोडिएका नगरका भित्री क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको र पाँचखालको पुरातात्विक क्षेत्रको संरक्षण एवं प्रवद्र्धनमा लागिएकाले योजनाले निरन्तरता पाइरहेको नगरप्रमुख प्रष्ट्याए ।

पाँचखालको योजना सम्झौता ढिलाइ हुनुमा केही समयदेखि वडास्तरमा प्राविधिक पर्याप्त नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताए । वडास्तरका उपभोक्ता समितिले कामलाई तीव्रता नदिनु पनि अर्का कारण रहेको उनको भनाइ छ । “भुक्तानी माग गरेकालाई रोकेका छैनौँ, केही योजनाको झुक्तानी माग नगर्दा कम भुक्तानी देखिएको हुनसक्छ”, उनले भने । नगरले भने हाल रु १५ लाखमाथिका योजनामा ‘इ–बीडिङ’ गर्ने योजना अघि सारेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy