Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पोम्पेओको युरोप, मध्य एशियाली यात्रा पछिको यस्तो सन्देशः चीनदेखि सावधान रहनुहोस्

तासकन्द । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गरे । तर, उहाँले भ्रमणका क्रममा मुख्य रुपमा एउटा सन्देश सुनाएः चीनदेखि सावधान रहनुहोस् ।

युरोप र मध्य एशियाको आफ्नो यात्रामा पोम्पेओले चीनको मानव अधिकारको अवस्थाका बारेमा निन्दा गर्नुका साथै चीनको आक्रामक व्यापार अभ्यासको आलोचना गरेका थिए । साथै उनले भ्रमणका क्रममा चिनियाँ लगानी र प्रभावबाट सावधान हुन आग्रह गरे । उनले उच्च–गतिको ताररहीत नेटवर्कको विकास गर्ने क्रममा चीन सबै मुलुकका लागि जोखिम निम्त्याउने किसिमको रहेको बताए ।

उनको भाषा निकै रुखो थियो । “चिनियाँ कम्युनिष्ट पार्टीले अहिले विश्वभर खतरा निम्त्याएको छ,” पोम्पेओले गत हप्ता लन्डनमा भनेका थिए । युरोपेली सङ्घले फाइभ–जी तारविहीन नेटवर्कहरूको सुरक्षा निर्देशिका सार्वजनिक गरेलगत्तै उनको तिखो प्रतिक्रिया आएको हो । युरोपेली सङ्घले अमेरिकी अभियानका बाबजूद हुवावेमाथि पूर्ण प्रतिबन्ध लगाउने अमेरिकी आग्रहलाई बेवास्ता गरेको थियो ।

पोम्पेओको कटु बयानबाजी नयाँ कोरोना भाइरसबाट चीन सङ्घर्ष गरिरहेको र अर्थतन्त्रमा नकारात्मक असर परिरहेकै समयमा आएको छ ।

उनका खरा टिप्पणीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसँगको पछिल्लो नरम सम्बन्ध र भाषा विपरीत छ किनकि ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पूर्ण व्यापार सम्झौता गर्न आतुर छन् । गत महिना पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गर्नेक्रममा राष्ट्रपति ट्रम्पले सीलाई “मेरा अति मिल्ने मित्र” भनेका थिए । उनले जतिसक्दो चाँडो चीनको भ्रमण गर्ने बताएका थिए।
राष्ट्रपति ट्रम्पले आफू र सीबीच “सम्बन्ध अति सुमधुर रहेको” समेत बताएका थिए।

तर लन्डनमा विदेश मन्त्री पोम्पेओका टिप्पणीहरु उपराष्ट्रपति माइक पेन्सले चीनका बारेमा राखेजस्तै कडा दृष्टिकोणलाई दोहो¥याएका छन् । मुख्यतया चीनको पश्चिमी सिनजियाङ प्रान्तका मुस्लिम र जातीय अल्पसंख्यकलाई दमन गरेको पोम्पेओको दाबी छ । दुबैको भनाईमा बेइजिङ शिकारी व्यापारी रहेको तथा चीनले साना तथा गरिब राष्ट्रहरुलाई ऋणको पासोमा पार्न विकास परियोजना दिएर लोभ्याइ रहेको छ ।

पोम्पेओले बेलायत भ्रमण गर्नु ४८ घण्टा अघिमात्र अमेरिकी अनुरोधलाई बेवास्ता गर्दै बेलायतले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई फाइभ–जी नेटवर्कका लागि स्वीकृति दिन सहमति दिएको थियो । अमेरिकासँग ब्रेक्जिट लगत्तै विस्तृत व्यापार सम्झौता गर्ने आशामा रहेको बेलायतको यो कदम आफैँमा आश्चर्यजनक र जोखिमपूर्ण थियो ।

यस निर्णयले ट्रम्प प्रशासनले आफ्नो नीतिका लागि पैरवी गर्ने क्षमताको सीमिततालाई छताछुल्ल पारेको जानकारहरुको भनाई छ किनकि हुवावेलाई बेलायतले अनुमति दिए दुबै देशबीचको गुप्तचर सूचना आदानप्रदान गर्न समस्या पर्ने अमेरिकाले यसअघि धम्की दिइरहेको थियो, तर अमेरिकी यो अस्त्र काम लागेन । अमेरिकी अधिकारीहरूको भनाईमा हुवावेको प्रविधिबाट आदानप्रदान हुने सूचना चीनले चोरी गर्न सक्ने अमेरिकी आरोप छ ।

चिनियाँ उपकरणको प्रयोग खतरापूर्ण रहेको भन्दै अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाउन युरोपेली सहयोगीहरूसमक्ष पैरवी गरिरहेको छ । अमेरिकी अधिकारीहरूले तिब्र गतिको फाइभ–जी नेटवर्क प्रयोग गर्ने सहयोगीहरूसँग गुप्तचरी सूचना साझेदारी गर्ने बारेमा पुनर्विचार गर्नुपर्ने बताइरहेका छन् । तर हुवावेले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरिरहेको छ ।

बेलायती असहयोग पछि पनि अमेरिका–बेलायत बीचको “विशेष सम्बन्ध” कायम राख्ने र त्यसलाई बढावा दिने आशामा पोम्पेओ देखिनु भएको छ । गुप्तचर सूचना आदानप्रदान सम्बन्धी धम्की दिन छाडेर अन्तिम समयमा विदेश मन्त्री पोम्पेओले प्रविधि क्षेत्रको समस्याबाट जोगिन नयाँ उपायको खोजी गरिने बताए ।

यद्यपि उनले दोस्रो चरणको व्यापार वार्ता र सम्झौता हुनुअघि ट्रम्प प्रशासनले वाणिज्य, पूर्वाधार र प्रविधिलगायत सैन्य र कूटनीतिक रूपमा बहुआयामिक मोर्चामा चीनसँग प्रतिस्पर्धा भइरहने बताए ।

“हामीले सामूहिक रूपमा ९पश्चिमी मुलुकले० सुनिश्चित गर्नुपर्दछ कि अर्को शताब्दी पनि पश्चिमी लोकतान्त्रिक सिद्धान्तकै सेरोफेरोमा सञ्चालित हुनु पर्दछ,” विदेश मन्त्री पोम्पेओले भने ।

चीनसँग सीमा जोडिएका मध्य एशियाका पाँचमध्ये तीन राष्ट्रमा मानव अधिकार उल्लङ्घन व्यापक रहेको पोम्पेओले आरोप लगाए । उनले कजाकिस्तानमा आइतबार भने, “हामी मानव अधिकारका सम्बन्धमा चीनमाथि दबाब सिर्जना गर्न हाम्रो अभियानमा सघाउन आग्रह गर्दछौं ।”

उज्बेकिस्तानमा पोम्पेओले चीनको भन्दा अमेरिकासँगको व्यापार गर्ने मध्य एशियाली मुलुकले फाइदा उठाएको दाबी गरे । एपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending