Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोगमा सफाइ

एजेन्सी । अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्ततः राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन्।

ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।

विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।

आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्।

रिपब्लिकन बहुमत रहेको माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाइ मत आवश्यक पर्थ्यो । बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

पूर्ण रूपबाट दोषमुक्त
नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छस् \'राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो।\'

\'केही नगर्ने डेमोक्र्याटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए।\'

माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाई मत आवश्यक पर्थ्यो।

तर संसद्‌को तल्लो सदनकी डेमोक्र्याटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेकोु भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनहिनतालाई सामान्यीकरणु गरेको प्रतिक्रिया दिएकी छन्।

संसदमा के भयो ?
सन् २०१२ मा राष्ट्रपति पदका उम्मेद्वार भइसकेका मिट रोम्नी मात्र त्यस्ता रिपब्लिकन सांसद हुन् जसले ट्रम्पमाथि लागेको शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए।

डेमोक्र्याटहरूले आशा गरे बमोजिम दुईजना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्प विरूद्ध लाग्न रोम्नीलाई साथ दिएनन्।

पछिल्ला दिनमा केही रिपब्लिकन सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गर्ने गरेता पनि त्यो महाभियोग नै लगाउने तहको नभएको बताउँदै आएका छन्।

अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टन तर ती दुवैजनालाई सिनेटले दोषमुक्त गरिदिएको थियो।

रिपब्लिकनहरूले आफ्नो पक्षमा उभिने अपेक्षा गरेका तीन डेमोक्र्याटिक सांसदहरूले भने ट्रम्प विरूद्ध नै मतदान गरे।

सिनेटमा डेमोक्र्याटतर्फका माइनोरिटी नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले उक्त सफाइलाई मूल्यविहीन बताए।

अमेरिकामा हालसम्म दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्।

सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending