Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चीनले चिकित्सकको मृत्युबारे गहन छानविन गर्न एक टोली वुहान पठाउने

बेइजिङ । राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।

सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा शुक्रवार आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । वुहानको केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ लीको डाक्टरको उत्तम प्रयासको बावजुद कोरोना भाइरस सङक्रमित भएपछि शुक्रवार बिहान मृत्यु भएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोग ९एनएचसी० ले शुक्रबार एक विज्ञप्तिमार्फत् लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

एनएचसीले चिकित्सा कर्मीहरु, जसले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति बिशेष आभार प्रकट गर्दै उनीहरूको राज्यबाट उच्च मूल्याङ्कन भएको उल्लेख गरेको छ ।

महामारी नियन्त्रणको यो अत्यन्त महत्वपूर्ण घडीमा सम्पूर्ण समाजले चिकित्साकर्मीहरूलाई बढी सहयोग गर्नु पर्छ साथै समस्यालाई पार गर्न र भाइरसको प्रकोप विरुद्धको लडाईमाथि विजयका लागि एकजुट बन्नुपर्छ, एनएचसीले भनेको छ ।

यसबाहेक वुहान नगरपालिका प्रशासनले शुक्रवार एक सूचनामा लीको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

“हामी यस घडीमा उनको निधनप्रति गहिरो समवेदना व्यक्त गर्छौं, महामारीको बिरूद्ध अग्रमोर्चामा लड्ने उहाँलाई सम्मान व्यक्त गर्दछौँ साथै उनको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,” स्थानीय नगर प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending