Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अमेरिकी दूतावासनजिकै पाँच वर्षीया बालिका बलात्कृत, दूतावासका कर्मचारी पक्राउ

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्।

बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ।

घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्।

पीडित बालिकाको स्वास्थ्य अवस्था स्थिर छ। उनका बुवा दूतावासमा काम गर्थे र परिवार दूतावास हाताभित्रै बस्थ्यो।

पारिवारिक चिनजान
बलात्कारको आरोप लागेका व्यक्तिका बुवा पनि दूतावासका कर्मचारी भएको बताइएको छ।

आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ।

दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास छ। कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ। त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन्।

हिन्दुस्तान टाइम्स समाचारपत्रलाई अनुसन्धानकर्ताहरूले बताएअनुसार आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो।

बालिकालाई बाहिर खेलिरहेको देखेपछि ती युवकले लोभ्याएर आफ्नो घरमा लगेका थिए। त्यति बेला आरोपितका अभिभावकहरू बाहिर थिए।

बालिकाले घर फर्किएपछि उक्त घटनाबारे आफ्नी आमालाई बताएकी थिइन्। त्यसलगत्तै उनलाई अस्पताल लगियो।

परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि चिकित्सकहरूले गरेको प्रहरीले बताएको छ।

प्रहरीले ती व्यक्तिविरुद्ध भारतको बालिका सुरक्षासम्बन्धी कडा कानुनअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ।

एक आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीया किशोरीको बलात्कार भएको घटनाले चर्को विरोध निम्त्याएपछि सरकारले सन् २०१८ मा बालिका बलात्कार गर्नेविरुद्ध मृत्युदण्ड लागु गरेको थियो।

भारतको पछिल्लो अपराध तथ्याङ्कअनुसार प्रत्येक चौथो बलात्कारका पीडित बालिका हुन्छन्।

बलात्कारका घटनामा ९४ प्रतिशत पीडितले अपराधीलाई चिनेका हुन्छन्।

दिल्लीमा सन् २०१२ मा यात्रुवाहक बसभित्र एक विद्यार्थीको सामूहिक बलात्कार र हत्यापछि यौन हिंसालाई सम्बोधन गर्ने भारतको निकै दयनीय प्रणाली उजागर गरिदिएको थियो।

त्यस घटनाले ठूलो विरोध निम्त्याउनुका साथै बलात्कारसम्बन्धी देशको कानुन परिवर्तन गरिदिएको थियो।

गत नोभेम्बर महिनामा दक्षिणी सहर हैदराबादमा एक २७ वर्षीया पशुचिकित्सकको बलात्कार र हत्याले पनि विश्वव्यापी चर्चामा आएको थियो भने त्यसलाई लिएर ठूला प्रदर्शनहरू भएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending