बागलुङ। जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए ।
कारागारमा १ सय ४५ पुरुष र १६ जना महिला रहेकोमा ४९ जना पुरुष र ४ जना महिला मतदाता रहेका छन् । ५३ जना मतदातामध्ये एक जना काठमाडौँ स्थानान्तरण भएको र एक जना भर्खरै कैदमुक्त भएका कारण ५१ जनाले मतदान गरेको मतदान अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए।
मतदान केन्द्रमा दुई कर्मचारी खटाइएकोमा उहाँहरूले पनि सोही मतदान केन्द्रबाट मतदान गरेको छन्। सबै मत खसिसके पनि मतपेटिका सिल गर्ने कार्यक्रम ५ बजे मात्रै हुने मतदान अधिकृत पन्तले बताए।
“यहाँ रहेका ५१ जना कैदीबन्दी र खटाइएको दुई जना कर्मचारी गरी ५३ जनाले मतदान गरी सकेको छन्,” मतदान अधिकृत पन्तले भने, “जम्मा मतदाता कैदीबन्दी ५३ रहे पनि एक जना कैदमुक्त भएको र एक जना काठमाडौँ स्थानान्तरण भएकाले उहाँहरू मतदान गर्न आउनुहुन्न । यहाँ भएका सबैले मतदान सम्पन्न गरिसकेका छन् । तर, मतपेटिका सिल गर्ने कार्यक्रम ५ बजे मात्रै हुने छ ।”
बागलुङका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १४:३६
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...
चैत्र २९ गते, २०८२ - १४:३२
चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...
चैत्र २९ गते, २०८२ - १४:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्षले पुन: छलफल सुरु गरेको छ। निर्वाचनपछि रोकिएको आन्तरिक असन्तुष्ट समूहको बैठक...
चैत्र २९ गते, २०८२ - १४:०७
काठमाडौँ। भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारक...
चैत्र २९ गते, २०८२ - १३:५७
काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्ना कर्मचारीहरूका लागि सवारी साधन आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। कार्यवा...
चैत्र २९ गते, २०८२ - १३:२५
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जर...
चैत्र २९ गते, २०८२ - १३:२०
काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिको...
चैत्र २९ गते, २०८२ - १२:५४
महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ। स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्का...
चैत्र २९ गते, २०८२ - १२:४५
काठमाडौँ । रामचन्द्र पौडेल र नारायणप्रसाद दाहाल बीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटघाट भएको छ। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उक्त भेटव...
चैत्र २९ गते, २०८२ - १२:०८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्र...


प्रतिकृया लेख्नुहोस्: