Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

बाँके । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ ।

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५/०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर रहेको देखाएको हो । तथ्याङ्कअनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी गणितमा सबैभन्दा बढी कमजोर देखिन्छन् । गत आव २०७५/०७६ मा सामुदायिक स्कुलमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थी अन्य विषयभन्दा गणितमा कमजोर रहेको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले बताए।

“सामुदायिक विद्यालयमा शिक्षकले पुरानै पद्धतिबाट अध्यापन गराउँदा यो समस्या आएको हो”, उनले भने, “शिक्षकले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गरेकोसमेत देखिँदैन ।” सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएपछि कोहलपुर नगरपालिकाको शिक्षा शाखाले अहिले ती विषयका शिक्षकका लागि ‘सिकाइ केन्द्र’ समेत स्थापना गरेको छ ।

“विकास र समृद्धि गराउन गणित विषयको भूमिका निकै महत्वपूर्ण रहन्छ”, प्रमुख पौड्यालले भन्नुभयो, “गणित विषय तार्किकरुपमा अध्यापन गराउनुपर्ने देखियो ।” नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी गणितमा कमजोर नतिजा ल्याएको पाइए पनि नतिजा सुधार गर्न नगरपालिकाले शिक्षकलाई तालीम दिन शुरु गरेको छ ।

कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष गोपीलाल खनालले शिक्षामा प्रविधिको प्रयोग नभएको कारणले गणित विषयमा कमजोर भएको बताए । “गणितमा अध्यापन गराउन ज्यामिती, विजगणित र अङ्क गणितीयरुपमा विकास भएको हुन्छ”, उनले भने, “यसलाई व्यावहारिकरुपमा अध्यापन गराउन शिक्षक अपडेट हुनुपर्छ ।”

यस्तै जनज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक एकदेव पन्थीले गणित विषयमा कमजोर भएपछि गणित शिक्षकको लागि सिकाइ केन्द्र स्थापना गरेको बताए। “कोहलपुर नगरपालिकाका विद्यार्थी गणित विषयमा एकदमै खस्कँदो अवस्थामा पुगेको छ”, उनले भने, “कमजोर विद्यार्थीको शैक्षिक विकास गर्नका लागि सबै गणित शिक्षकलाई सिकाइ केन्द्रमार्फत सिकाइरहेका छौँ ।”

विद्यालय प्रधानाध्यापक पन्थीका अनुसार प्रदेश नं ५ का गणित विषयका प्रशिक्षकबाट कक्षा सञ्चालन भइरहेका छन् । “पुरानै तरिकाबाट अध्यापन गराउँदा विद्यार्थीले बुझेनन् कि भन्ने धारणा आएकाले यो कार्य गर्न लागेका हौँ”’ उनले भने, “गणित विषयलाई कसरी अध्यापन गराउने, कुन सामग्री प्रयोग गर्ने, प्रविधिलाई कसरी प्रयोग गर्ने खालका विषयमा शिक्षकलाई प्रविधिकरण गरिरहेका छौँ ।”

यस्ता कार्यले बालबालिकालाई गणित विषयमा उत्कृट नतिजा ल्याउन सक्ने उनको विश्वास छ । कोहलपुर नगरपालिकाका विद्यालय निरीक्षक जीवन न्यौपानेले अभिभावकको कमजोरीका कारण विद्यार्थी कमजोर भएको बताए । “अभिभावकले सामुदायिक विद्यालय भन्ने बित्तिकै मनोबल घटाउनुहुन्छ”, उनले भने, “सामुदायिक विद्यालयको उन्नयन र विकासका लागि सबै अभिभावक सचेत र जागरुक हुनुपर्दछ ।”

शिक्षकले बालबालिकालाई निरन्तररुपमा शिक्षण क्रियाकलाप नगराएकाले पनि कमजोर भएको उनको भनाइ थियो । जनता माध्यमिक विद्यालय मैटहवाका गणित शिक्षक विष्णुबहादुर केसीले गणित विषयलाई केन्द्रीय तहबाटै कमजोर बनाइएको बताए। “पाठ्यक्रमबाटै गणित विषयलाई हटाउने प्रस्ताव आएपछि हामीले पनि त्यति ध्यान दिएनौँ”, उनले भने, “तर हामीबाट कमजोरी भएको छैनन् ।”

आफूहरुले ‘इनकोडिङ र डिकोडिङ’ माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउँदै आएको उनको भनाइ थियो । उनले विद्यार्थीलाई विद्यालयको कक्षाकोठाभन्दा बाहिर गणित सिक्ने अवसर नभएको गुनासो गरे । “कक्षाकोठामा मात्र सिकेको सिकाइ कति हुन्छ र ? उनले प्रतिप्रश्न गरे, यसमा न त अभिभावक नै जिम्मेवार छन् न त बालबालिका नै । यसले भविष्यमा गणित शिक्षा क्षेत्रमा झनै चूनौतीको रुपमा सिर्जना हुन्छ”, केसीले भन्नुभयो ।

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धि २०७५÷०७६ को अनुसार गणित विषयमा कक्षा १ देखि ३ सम्म ६१ प्रतिशतमात्र उत्तीर्ण भएको तथ्याङ्क छ । कक्षा ४ देखि ५ सम्म २०।९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने कक्षा ६ देखि ८ सम्म ४९ प्रतिशत उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा नेपाली, स्वास्थ्य, सामाजिक विषयमा बढी उत्तीर्ण भएको तथ्याङ्कले देखाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE