काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण भएको जानकारी दिए ।
अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन पार्टीका केही समानुपातिक उम्मेदवारलाई उज्यालो नेपाल पार्टीका समानुपातिक सूचीमा समावेश गरिएको छ । दुवै पार्टीका समानुपातिक उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बाँसुरी’ अन्तर्गत रहेकाले समानुपातिकतर्फ बाँसुरी चिन्ह प्रयोग गरिएको उनले स्पष्ट पारे ।
उनले प्रत्यक्षतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ रहने जानकारी दिए । अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले भने, ‘हामी चुनावी मैदानमा आएका छौं । जसमा हामीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण गरेका छौं । उहाँहरुको समानुपातिक उम्मेदवारलाई हाम्रो समानुपातिकका साथिहरुलाई केही रिप्लेस गरिएका छ । राष्ट्रिय परिवर्तन पार्टीको चिन्ह् बाँसुरी चिन्ह् हो र हाम्रा समानुपातिक उम्मेदवारहरु त्यसमा भएको हुनाले समानुपातिकमा बाँसुरी चिन्ह्मा मतदान गर्न आह्वान गर्छु । प्रत्यक्षको लागि चुनाव चिन्ह् ‘चिम’ नै हुन्छ । प्रत्यक्षमा ‘चिम’ चिन्ह्मा मतदान गर्न आह्वान गर्छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: