Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पुरुषले बसेर पिसाब फेर्ने कि उभिएर ?

एजेन्सी । थुप्रै देशमा छोरालाई उभिएर र छोरीलाई बसेर पिसाब फेर्न सिकाइन्छ ।

तर अब धेरै देशका स्वास्थ्य विभागले व्यापक रुपमा फैलिएको यो स्वभाविक धारणाको विषयमाथि प्रश्न उठाइरहेका छन् ।

पुरुषले कसरी पिसाब फेर्नुपर्छ ? यो प्रश्न थुप्रै पटक स्वास्थ्य र सर–सफाईको दृष्टिकोणले पनि सोधिन्छ तर कतिका लागि यो समान अधिकारको मामला पनि हो ।

त्यसो भए सही को हो ? र सबैभन्दा महत्वपूर्ण प्रश्न यो हो कि पुरुषका लागि कुन तरिका सही हो ?

धेरैजसो पुरुषका लागि उभिएर पिसाब फेर्नुभन्दा सजिलो अरु केही हुन सक्दैन ।

उभिएर पिसाब फेर्ने प्रक्रिया निकै छिटो हुन्छ र यो एक किसिमले व्यावहारिक तरिका पनि हो । के तपाईंले कहिले पुरुषको सार्वजनिक शौचालय बाहिर लामो लाइन देख्नुभएको छ ?

वास्तवमा सायदै तपाईंले कहिले कुनै लाइन देख्नुभएको होला । पुरुष भित्र जान्छन् र निकै छोटो समयमा नै बाहिर निस्किहाल्छन् ।

तुरुन्त गर्न सकिने यो प्रक्रिया पछाडि दुई कारण छन्ः

१.पुरुषले तुरुन्त पिसाब फेर्न सक्छन् किनभने उनीहरुले कम्मर मुनीका सबै कपडा फुकाल्नु पर्दैन ।

२. किनभने पुरुषको युरिनल्स क्यूबिकल्स तुलनात्मक रुपमा सानो स्थानमा पनि राख्न सकिन्छ । त्यसकारण युरिनल्स राखिएको सानो ठाउँमा पनि धेरै पुरुषले पिसाब फेर्न सक्छन् ।

तर थुप्रै विशेषज्ञका अनुसार पिसाब फेर्ने समयमा तपाईंको शरीरको स्थिती कस्तो छ, त्यसले पिसाबको मात्रालाई प्रभावित गर्छ ।

पिसाब फेर्नु पछाडिको विज्ञानः

हामी पिसाब कसरी फेर्छौं, आउनुहोस् त्यसबारे जानकारी लिऔं । पिसाब बन्छ हाम्रो मृगौलामा । मृगौलाले हाम्रो रगतबाट विकारलाई अलग्गयाउँछ ।

त्यसपछि यो पिसाब ब्ल्याडर अर्थात् एउटा थैलीमा जम्मा हुन्छ । त्यसैकारण हामी पटकपटक शौचालय जानबाट बच्छौं, राती आरामपूर्वक सुत्न पाउँछौं र दिउँसो काम गर्न सक्छौं ।

साधारणतया ब्ल्याडरमा ३ सय ६ सय मिलिलिटर पिसाब जम्मा हुनसक्छ । तर जब यो दुई तिहाई भरिन्छ तब हामीलाई पिसाब फेर्न मनलाग्छ ।

ब्ल्याडरलाई पूर्ण रुपमा खाली गर्नका लागि हाम्रो स्नायू प्रणाली पूर्ण रुपमा ठिक हुनुपर्छ । किनभने यही प्रणालीले हामीलाई कहिले शौचालय जाने र वरिपरि कतै स्थान नभए कहिलेसम्म र कति पिसाब रोक्न सकिन्छ भनेर जानकारी दिन्छ ।

जब हामी पिसाब फेर्नका लागि सुविधाजनक स्थितीमा पुग्छौं तब हाम्रो पेल्विक फ्लोरको मांसपेशी र यूरेथ्रालाई घेर्ने एउटा गोलो मांसपेशी फैलिन्छ ।

त्यसपछि हाम्रो ब्ल्याडर खुम्चिन्छ र पिसाबलाई यूरेथ्रा अर्थात् मूत्रमार्गमार्फत् खाली गरिदिन्छ । यसरी नै पिसाब शरीरबाट बाहिर निस्कन्छ ।

बस्नु सही वा उठ्नु उचित ?

एक स्वस्थ्य व्यक्तिले पिसाब फेर्नका लागि बल लगाउनुपर्दैन । तर थुप्रै पटक पुरुषको यस्तो स्थायी वा अस्थायी स्थिती पैदा हुन्छ जसका कारण उनीहरुलाई पिसाब फेर्न मुश्किल हुन्छ ।

प्लस वन नामको एक साइन्टिफिक पब्लिकेशनको एक अध्ययनका अनुसार जुन पुरुषको प्रोस्टेट सुन्निएको छ र यसले समस्या निम्त्याइरहेको छ, उनीहरुले बसेर पिसाब फेर्दा राम्रो हुन्छ ।

यो अध्ययनमा स्वस्थ पुरुष र लोअर युरिनरी ट्र्याक्ट सिम्टमम्स (एलयूटिएस) सँग जुधिरहेका पुरुषबीच तुलना गरिएको थियो । एलयूटिएसलाई प्रोस्टेट सिन्ड्रोम पनि भनिन्छ ।

अध्ययनमा पाइए अनुसार एलयूटिएससँग जुधिरहेका पुरुषले यदि बसेर पिसाब फेर्छन् भने उनीहरुको यूरेथ्रल एरियाबाट दबाब कम हुने गर्छ । यसका कारण उनीहरुको पिसाब फेर्ने प्रक्रिया सहज र संक्षिप्त हुने गर्छ ।

तर स्वस्थ पुरुषमा उभिएर र बसेर पिसाब फेर्नुमा कुनै अन्तर देखिँदैन ।

आफ्नो लागि सही निर्णय कसरी गर्ने ?

ब्रिटेनमा नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पिसाब फेर्न समस्या हुनेहरुलाई यसका लागि कुनै राम्रो स्थानमा आरामसँग बस्न सुझाव दिन्छ ।

तपाईंले सुन्नुभएको होला कि बसेर पिसाब फेर्दा प्रोस्टेट क्यान्सर हुँदैन र पुरुषको यौन जीवन उत्कृष्ट हुने गर्छ ।

तर यो कुरामा कुनै वास्तविकता छैन किनभने यसमा केही प्रमाण छैनन् न नै केही अध्ययन उपलब्ध छन् ।

पुरुषमा देखिने समस्याः

पुरुषले उभिएर पिसाब फर्दा त्यो यताउता फैलने खतरा हुन्छ जुन स्वच्छताको हिसाबले ठिक मानिँदैन ।

जुन शौचालयलाई अन्य व्यक्तिले पनि प्रयोग गर्छन्, त्यहाँ पिसाब जताततै फैलनु भनको स्वास्थ्यका दृष्टिकोणले पनि खराब हो । त्यसकारण अब पुरुषले पनि बसेर नै पिसाब फेर्नुपर्ने कुरामा जोड दिन थालिएको छ ।

सन् २०१२ मा स्विडेनमा यसको सुरुवात भएको देखिएको छ । त्यहाँका एक स्थानीय राजनेता आफ्नो इलाकाको सार्वजनिक शौचालयको स्थिती देखेर यति विचलित भए कि उनले पुरुषलाई अरुको सुविधाको पनि ख्याल गरिदिन प्रेरित गर्ने रचनात्मक तरिका खोज्न सुरु गरे ।

मानिसहरुले सर–सफाइ र स्वच्छतामा ध्यान दिउन् भन्ने उनी चाहन्थे । सार्वजनिक शौचालयमा जान कसैलाई पनि फाहोर स्थानमा गएको जस्तो महसुस नहोस् भन्ने उनको चाहना थियो ।

यहाँबाट एउटा बहसको सुरुवात भयो र अब थुप्रै युरोपेली देश–जस्तै जर्मनीमा सार्वजनिक शौचालयमा पुरुषले उभिएर पिसाब फेर्न सक्दैनन् ।

केही शौचालयमा ट्राफिक संकेतजस्तै उभिएर पिसाब फेर्न मनाही छ भन्ने पोस्टर टाँसिएका हुन्छन् । तर जो पुरुषले बसेर पिसाब फेर्छन्, उनीहरुलाई त्यहाँ ‘सिट्जपिंकलर’ भनिन्छ । यसको अर्थ उभिएर पिसाब फेर्नु भनेको पुरुषार्थी व्यवहार होइन ।

मानिसहरुले त आफ्नो घरमा नै यस्तो संकेत लगाउन सुरु गरेका छन् जसमा पुरुष पाहुनालाई बसेर पिसाब फेरिदिन आग्रह गरिन्छ ।

सन् २०१५ मा जर्मनीमा एउटा अदालतको मुद्दा निकै चर्चित थियो । एउटा घरका मालिकले आफ्नो बाथरुममा राखिएको मार्बलको फ्लोरमा पुगेको क्षतीको बदलामा क्षतीपूर्ती मागेका थिए । घरका मालिकले भाडामा बस्ने व्यक्तिको पिसाबका कारण उनको मार्बलमा क्षती पुगेको दाबी गरेका थिए ।

तर न्यायाधीसले भाडामा बस्ने व्यक्तिको पक्षमा निर्णय सुनाएका थिए । पुरुषका लागि उभिएर पिसाब फेर्नु सर्वमान्य तरिका हो र ती व्यक्तले यस्तो केही गलत नगरेको भन्दै उनको पक्षमा निर्णय सुनाइएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies