Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

ओली नेतृत्व सरकारका दुई वर्ष : तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र, ३२५ पुल निर्माण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो ।

सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ । पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा त्योभन्दा सात गुणाबढी सम्पन्न भएको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए । चालू आवमा ३०० सम्पन्न गर्ने लक्ष्य लिएको छ । उनले भने, “हाल झण्डै एक हजारभन्दा बढी पुल निर्माणाधीन भएकाले लक्ष्यमा पुगिन्छ भन्ने लागेको छ ।”

पछिल्लो दुई वर्षमा नै तीन हजार ५७९ किमी सडक ग्राभेल भएको सडक विभागको तथ्याङ्कले देखाएको छ । सरकारले नयाँ सडकमा एक लेनको निर्माण नगर्ने दुई वर्ष पहिले निर्णय गरेको थियो । नयाँ निर्माण भइरहेका सडक दुई लेन वा त्योभन्दा बढी लेनमा निर्माण भइरहेको र पहिले निर्माण भएका सडकको स्तरोन्नतिको काम भइरहेको छ । पूर्व–पश्चिम राजमार्गलाई उच्च गति तथा क्षमताको चार तथा छ लेनको राजमार्गमा स्तरोन्नति गर्ने काम शुरु भएको छ । धुलिखेल–सिन्धुली–बर्दिवास सडक पनि विस्तारको योजना बनिरहेको आयोजना निर्देशनालयले जनाएको छ ।

उपत्यका भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको नागढुङ्गा–नौबिसे सडक चारदेखि छ लेनमा स्तरोन्नति भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनले भने, “धेरै सडक खण्डमा विस्तारको कामलाई हामीले प्राथमिकता दिइरहेका छौँ ।”

सडक यातायातमा नयाँ युगको शुरुआतका रुपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण शुरु भएको छ । प्रधानमन्त्री ओलीले गत कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को ऋण सहयोगमा निर्माणाधीन सो पुलको अवधि सम्झौता भएको दिनदेखि ४२ महिना रहेको छ । निर्माण कम्पनीले निर्माणस्थल सम्माउने, आवश्यक सामग्रीको व्यवस्थापनसँगै निर्माणका काम शुरु गरिसकेको विभागले जनाएको छ । उक्त परियोजनाअन्तर्गत नै दुई ठाउँमा फ्लाईओभर र पहुँच सडकको निर्माण हुँदैछ ।

सरकारले थानकोट–चित्लाङ, खुर्कोट–चियाबारी, फेदीखोला–नयाँपुल र सिद्धबाबा ९बुटवल० मा सुरुङमार्गको अध्ययन शुरु भएको छ । सिद्धबाबा सुरुङका लागि सरकारले चालू आवकै बजेटमा रु १० अर्ब बजेट नै विनियोजन गरिसकिएकोे छ । राष्ट्रिय गौरवका आयोजनामा सडकका आयोजनाको काम धमाधाम अघि बढेको छ । यसमध्ये मध्यपहाडी ९पुष्पलाल० लोकमार्गमा आवको पहिलो छ महिनामा २८ किमी सडक कालोपत्र भएको छ भने पाँच पुल सम्पन्न भएको छ । ३४ किमी सडकको ठेक्का सम्झौता भइसकेको र ५५ किमी सडकको ठेक्का व्यवस्थापन अन्तिम चरणमा रहेको अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

सोही समीक्षाका आधारमा हुलाकी राजमार्गमा गत आवमा २७० किमी सडक कालोपत्र, ३२५ किमी ग्राभेल भएको थियो भने ८१ पुल सम्पन्न भएको थियो । चालू आवमा ९३ किमी कालोपत्र ५० किमी ग्राभेल र पाँच पुल सम्पन्न भइसकेको छ ।

काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडक काठमाडौँ–तराई द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन सरकारबाट स्वीकृत भएसँगै नेपाली सेनाले ठेक्कामार्फत निर्माण शुरु गरिरहेको छ । हालसम्म ९७ प्रतिशत रुख कटान र जग्गा अधिग्रहण सकिएको छ भने ८७ प्रतिशत माटो कटानको काम सकिएको छ । उत्तर–दक्षिण करिडोरअन्तर्गत कोशी करिडोरमा १० किमी सडक चौडा गर्ने र दुई दशमलव सात किमी सडक ग्राभेल सम्पन्न भएको छ । कालीगण्डकी करिडोरमा हालसम्म बेनी–जोमसोम कोरला खण्डको १८६ किमी ट्रयाक खोलिइसकेको छ । मालढुङ्गा–राम्दी–गैँडाकोट खण्डमा पनि ट्र्याक खोल्ने काम भइरहेको छ । कर्णाली करिडोरका कठिन भूबनोवट भएका खण्डबाहेक ट्रयाक खोल्ने काम भइसकेको छ । हालसम्म पनि सडक सञ्जालले नछोएको हुम्ला जिल्ला सदरमुकामलाई चालू आवभित्रै सडक पु¥याइने लक्ष्य लिइएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, “ढिलोमा असोजसम्ममा ट्रयाक खोलिसकिने आयोजना निर्देशनालयले जानकारी दिएको छ ।”

सडक यातायात र हवाई यातायात मात्रै यातायातको माध्यम भइरहेकामा रेल यातायात पनि त्यसमा थपिँदैछ । यही वर्ष भारतको जयनगरदेखि नेपालको विजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ । धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनका लागि भारत सरकारले लिग निर्माण गरिसकेको छ । नेपाल सरकारले दुई सेट रेल खरिद गरेको छ । भारतको सरकारी कम्पनीमार्फत खरिद गरिएको सेट निर्माण सम्पन्न भइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उनका अनुसार केही दिनभित्रै रेल आइपुग्नेछ । उनले भने, “रेलमार्ग भएरै ल्याउनुपर्ने भएकाले उपयुक्त समय कुरिरहेका छौँ ।” सरकारका यी दुई वर्षमा कुर्था–जयनगर रेल सञ्चालनको तयारी भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग र काठमाडौँ–केरुङ रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । अध्ययन पूरा भएका आयोजना निकट भविष्यमा नै निर्माण शुरु हुने बताइएको छ ।

सरकारले रेलमार्ग निर्माणलाई महत्व दिएको छ । भारत सरकारसँग विगतका वर्षमा भएको सम्झौतानुसार भारतीय सीमाबाट नेपालका महत्वपूर्ण औद्योगिक तथा व्यापारिक क्षेत्र जोड्ने र चीनबाट काठमाडौँ जोड्ने गरी रेलमार्ग निर्माण कार्यको अध्ययन सम्पन्न भएको छ । गत वर्ष नै प्रधानमन्त्री ओलीले एकान्तकुनास्थित नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए ।

भारतले निर्माण गरेको आन्तरिक जलमार्गको प्रयोग गरी समुन्द्रसम्म पुग्न नेपालको आफ्नै राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्नसक्ने गरी भारतसँग सहमति भइसकेको छ । हालै मात्र नारायणी नदीमा क्रुज सञ्चालनको सफल परीक्षणसमेत भइसकेको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने निर्णय गरेका थिए । सोहीअनुसार झोलुङ्गे पुल निर्माण अघि बढेको छ । सरकारले सोही कार्यक्रमअन्तर्गत १२५ वटा तुइन झोलुङ्गे पुल निर्माण गरेर विस्थापित गरिसकेको छ ।

पूर्वाधारतर्फ नै सरकारले खानेपानीको विस्तार र ढल विस्तारलाई समेत प्राथमिकता दिइरहेको छ । बितेका दुई वर्षमा तराई–मधेशका २० जिल्लामा ४११ किमी ढल निर्माण गरिएको थियो । झण्डै दुई दशक पहिले निर्माण शुरु भए पनि अझै सम्पन्न हुन नसकेको मेलम्ची खानेपानी आयोजनाका काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत बिहीबार श्वेतपत्र जारी गर्दै असारसम्ममा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइपुग्ने प्रतिबद्धता जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले आयोजनाका बाँकी कार्य यसै आवभित्र सम्पन्न गर्ने गरी काममा तीव्रता दिइएको छ । यसअघि आयोजनाको निर्माण काम गरिरहेको इटालियन कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा आयोजना फेरि एकपटक अन्योलमा परेको थियो । सञ्चिता घिमिरे, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE