काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी समीकरण नहुने स्पष्ट पारेका छन्। १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रमा आफ्नै उम्मेदवार उठाएर पार्टी एक्लै चुनावमा जाने उनले दोहोर्याए।
केपी शर्मा ओलीसँग चुनावी सहकार्यको सम्भावना छ कि छैन भन्ने प्रश्नमा प्रचण्डले भने, “राजनीतिमा असम्भव भन्ने हुँदैन, तर अहिलेसम्म त्यस्तो केही भएको छैन।” उनले आफूले सबै राजनीतिक शक्तिसँग संवाद गर्ने स्पष्ट गर्दै ओली, शेरबहादुर देउवा, कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछानेसँग समेत छलफल भइरहेको बताए।
“केपी ओलीसँग कुरा गर्दैमा जातै जाने त होइन,” प्रचण्डले भने, “कुरा सबैसँग हुन्छ। संवाद गर्नु मेरो विशेषता हो।”
प्रचण्डका अनुसार बागलुङमा राष्ट्रिय जनमोर्चासँग भएको तालमेलबाहेक अन्य कुनै पनि स्थानमा चुनावी सहकार्य छैन। “बागलुङमा एक क्षेत्रमा जनमोर्चा, अर्को क्षेत्रमा हामीले उम्मेदवार उठाएका छौँ। त्यसबाहेक कतै तालमेल छैन,” उनले स्पष्ट पारे।
रुकुम पूर्व र पश्चिमको प्रसंग उठाउँदै प्रचण्डले केपी ओलीको व्यवहारप्रति असन्तुष्टि जनाए। उनले रुकुम पूर्वमा आफूविरुद्ध खडा भएका उम्मेदवारलाई ओलीले समर्थन गरेको र पछि आफ्नो आग्रहपछि त्यो समर्थन फिर्ता लिएको बताए। “तर त्यो पनि मलाई समर्थन गरेको होइन,” उनले थपे।
ओलीप्रति कति प्रतिशत विश्वास छ भन्ने प्रश्नमा प्रचण्डले भने, “अहिले प्रतिशत तोकेर विश्वास गर्ने बेला होइन।” उनले राजनीतिलाई सम्भावनाको खेलको संज्ञा दिँदै परिस्थिति अनुसार समीकरण बदलिन सक्ने बताए।
ओलीले ‘मिल्न नसके वामपन्थी सखाप हुने’ भन्दै पटक–पटक आग्रह गरेको प्रसंग पनि प्रचण्डले स्वीकारे। “चार–पाँच महिना लगातार भनेपछि म त पग्लिएँ,” उनले हाँस्दै भने।
तर अन्ततः अहिलेको निष्कर्ष स्पष्ट रहेको उनको भनाइ छ। “न एमालेसँग, न कांग्रेससँग—नो समीकरण। क्लियर। हामी नेपाली कम्युनिस्ट पार्टी भएर एक्लै जान्छौँ,” उनले जोड दिए।
प्रचण्डले यसपटक पार्टी एक्लै चुनावमा जानु आफूका लागि सन्तोष र खुसीको विषय भएको बताए। “बल्ल हामी आफ्नै खुट्टामा उभिएर, सक्कली एजेन्डासहित चुनावमा जाँदै छौँ,” उनले भने, “म बडो प्रफुल्ल छु। खुसीको कुरा छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: