Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पु¥याउनेलाई परास्त गर्दै अघि बढ्ने अठोट व्यक्त गरेका छन्। विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै उनले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी सत्तरीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेका छन्, सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौँ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताए । उनले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताए । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताए ।

उनले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याए । “त्यही आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका छौँ, यस अवधिमा सुशासन र विकासका नतिजा आउन थालेका छन्, केही सम्पन्न गरेका छौँ, केही निर्माणाधीन छन्, केही अगाडि बढ्दैछन्”, प्रधानमन्त्री ओलीले भने ।

विसं २००७ को आजलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भको गौरवमय दिनका रुपमा स्मरण गर्दै उनले यस दिनको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएको उल्लेख गरे । उहाँले देशभित्र र देश बाहिर रहेका आम नेपालीलाई दिवसको अबसरमा शुभकामनासमेत व्यक्त गरे ।

उनले आजको दिनलाई समाजको राजनीति र शासन प्रणालीमा जहानीय निरङ्कुशता र बरबरताबाट मुक्ति पाएको तथा लामो अन्धकार चिरेर सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा स्मरण गरे । वर्तमान समयमा मुलुक गरिबीबाट सम्पन्नतातर्फ, अविकासबाट विकासतर्फ र अव्व्यावस्थाबाट सुव्यावस्थातर्फ अगाडि बढिरहेको राज्यको यस अभियानको विजारोपण ७० वर्ष अघि भएकाले यसबीचको गरिमालाई बचाइराख्नका लागि औपचारिकताबाट माथि उठ्न आम नेपालीलाई आह्वान गरे ।

प्रजातन्त्रको हक अधिकार स्थापनाका लागि विगतमा भएको अनवरत सङ्घर्षमा आफूलाई समाहित गर्ने वीरविरङ्गनाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विगतको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासलाई कसैले विर्सन नहुनेमा जोड दिए। उनले थपे, “आजको दिनलाई जनताले चाहेको राष्ट्रको समृद्धिका लागि संकल्प गर्ने दिन हो ।”

द्वन्द्व व्यवस्थापनमा नेपालले मौलिक विधि अपनाएर व्यवस्थापन गरेकाले अहिले मुलुक आर्थिक विकास र सामाजिक रुपान्तरणमा अघि बढेको प्रधानमन्त्रीको भनाइ छ । नेपाली समस्या आफैँ हल गर्नसक्ने भनेर पहिचान दिलाएको नेपालले अन्तर्राष्ट्रिय जगत्मा पहिचान विस्तार गरेको र नेपालप्रति विश्वको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले मुलुक प्रजातान्त्रिक अधिकारमार्फत देशको गरिमा बढाउने र समृद्धि गर्ने जनताको चाहना सफलतातर्फ अग्रसर भइरहेको छ ।

नयाँ मुलुकमा राज्य संरचना, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेको उल्लेख गर्दै उनले एउटा सरकारको ठाउँमा अर्को सरकार बनेजस्तो सहज नभएको बताए । उाले छोटो अवधिमा चिरकालदेखि देखिएको जनआकाङ्क्षाको सम्बोधन गर्नुपर्ने चुनौती वर्तमानमा रहेकाले अहिलेको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाउर्ने आवश्यकता औँल्याए । उनले समृद्धिको अभियानका समयमा कतिपय पक्षबाट आइरहेको असन्तुष्टि, प्रणालीगत वदलाव, जनआकाङ्क्षा र राज्यको संस्थागत आवश्यकतालाई केलाउनुपर्ने अबस्था रहेको बताए ।

विसं २००७ को परिवर्तनजस्तै आजको समय विकास र समृद्धिको युग हो भन्दै प्रधानमन्त्री ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगे पनि बेरोजगारी र पछौटेपनको अबस्थाबाट मुलकुलाई बाहिर निकाल्नुपर्न अभिभारा सरकारसामु रहेको बताए । “विकासको नयाँ युगमा प्रवेश गराउन सरकार योजनाबद्ध रुपमा अघि बढेको छ, आर्थिक विकास र सामाजिक न्यायसहितको लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशातर्फ अघि बढेका छौँ”, उनले थपे ।

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको बताए । यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । यस यात्राबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाँक्षा पूरा हुने उहाँले विश्वास व्यक्त गरे । यतिखेर सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित रहेको भन्दै उनले समृद्धि प्राप्तिको यो अभियानमा मित्रराष्ट्रको सहयोगको अपेक्षा गरे ।

उनले मुलुकलाई संविधान र कानूनअनुसार अघि बढाउने र लोकतान्त्रिक प्रणालीमा व्यवधान पुग्न नदिनेमा आम नेपालीलाई आश्वस्त पारे। राष्ट्र निर्माण, प्रजातन्त्र प्राप्ति, लोकतन्त्रका लागि गरेको लामो संघर्ष र इतिहासको परिघटनासम्बन्धीको ज्ञानलाई भावि पुस्ताले पनि अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नी सापाकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारीलगायतको सहभागिता थियो । सो क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
­­­

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE