गौशाला । महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तवरले बालबच्चालाई हुर्काउनुपर्ने ज्ञान थिएन । रञ्जुले अबोध सन्तानलाई यदाकदा ससाना गल्तीमा हप्काउने गर्थिन् ।
दुई सन्तानकी आमा रञ्जु आजभोलि आफूले प्राप्त गरेको ज्ञानका कारण समुदायका महिलालाई सम्झाउने कार्यमा व्यस्त छिन्। गौशाला नगरपालिका–१ की ३४ वर्षीया रिमादेवी सादाले पहिल्यै छोराछोरीले हैरान गर्दा आफूले हप्काउने र यदाकदा पिट्ने गर्थिन् । बालबालिकाको मन कोमल भएकाले कुटपिट वा हप्काएपछि उनीहरुको मनोभावनामा ठेस पुगेको कुरा थाहा नपाउँदा उनीहरु सानै उमेरमा गलत बाटो अपनाउने कुरा बल्ल थाहा भएको रिमादेवीले बताइन्।
उनी भन्छिन्, “सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण समाजले आफ्नै समुदायमा आएर बाल संवेदनशीलसम्बन्धी १४ हप्ते प्रशिक्षणको क्रममा बालबालिकालाई मायाले सम्झाउनुपर्छ भन्ने ज्ञान प्राप्त भयो ।” हरेक परिस्थितिमा उनीहरुको मनोभावनमा बुझी मायालु व्यवहारले नै उनीहरुलाई सम्झाइ बुझाई सिकाउनुपर्छ ।
पहिले पहिले माया गर्नुको सट्टा छोराछोरीलाई झपार्ने कार्य गर्दै आएकोमा बालबच्चाप्रति माया गरेर नै हुकार्उने बानीको विकास क्रमिक रुपमा आफूमा विकसित भएको एक छोरीकी आमा रहेकी गौशाला नगरपालिका–५ की २३ वर्षीया चन्दादेवी सदाले बताइन् । सदाले भनिन्, “यो ज्ञान आफूले कुनै विद्यालय वा व्यवहारमा नभई बाल संवेदनशील तालीमको क्रममा क्रमिक रुपमा ज्ञान हासिल गरेको हो ।”
सो सन्दर्भमा गौशाला नगरपालिकाको ८४ जना दलित समुदायका महिलालाई बाल संवेदनशीलसम्बन्धी तालीम प्रदान गरिएको छ । चौध सत्रमा विभिन्न किसिमको बाल मनोवैज्ञानिक ज्ञान प्रदान गरेर उनीहरुलाई अभिभावकको सहमतिमा नै तालीम प्रदान गरिएको प्रशिक्षक उमा घिमिरेले बताइन् । प्रत्येक हप्ता दुई घण्टाका दरले पोषणभत्ता पाउने दलित समुदायका महिलालाई पहिलो चरणमा कक्षा सञ्चालन गर्दा खासै रुपमा कुनै किसिमको समस्या सिर्जित नभएको प्रशिक्षक घिमिरेले जानकारी दिइन् ।
यसप्रकारका प्रशिक्षण कार्यक्रम सञ्चालन गरी दलित समुदायका बालबच्चालाई स्याहारसुसार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यसवर्ष बजेट नै छुट्याएको गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले बताइन्। प्रशिक्षणका क्रममा हासिल गरेको ज्ञानलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा समेत लागू गरे समाज अवश्य नै सकारात्मक पथमा लम्किने सामुदायिक परिवार कल्याण समाजका कार्यकारी निर्देशक मिथलेश साहले प्रतिक्रिया दिएका छन् ।
जिल्लाको बर्दिवास र गौशाला नगरपालिकाका दश वडामा यस्ता कार्यक्रम सञ्चालनमा रहेको सेभ द चिल्ड्रेनका महोत्तरी संयोजक अनिता तामाङले जानकारी दिइन् । यस्ता कार्यक्रम विश्वको ७२ वटा मुलुकमा सञ्चालित रहेकाले यस प्रकारका कक्षा सञ्चालनले गृहीणीलाई बालबच्चा पालनपोषण गर्न सहज बनाउने संयोजक तामाङले बताइन्। यस्ता कार्यक्रम यस आर्थिक वर्षमा पनि नगरपालिकाले निरन्तरता दिने उपप्रमुख लामाले बताइन् । आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाएर सञ्चालन गरिने उपप्रमुख लामाले प्रतिबद्धता जनाइन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: